×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रोकिएन चन्द्रागिरी हिल्सको ठगीधन्दा, तारे होटलपछिको महँगो मेनु ! सरकार अझै रमिते (फलोअप नम्बर २)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – राजधानीमै केवलकारको सफर ! चन्द्रागिरी हिल्सले दिएको सेवा हो यो । तर सोझासाझा जनतालाई कम्पनीले यसरी ठगिरहेको छ कि मानौं उसले जे गरेपनि हुन्छ । देशमा कानुननै नभएजसरी वा कानुन भएपनि आफुले जे गरेपनि हुन्छ भन्ने शैलीमा कम्पनीले जनता ठग्ने काम गरीरहेको छ । नेतादेखि पत्रकारका केहि झुण्डहरुलाई नि:शुल्क केवलकारमा शयर गराएर चन्द्रागिरी हिल्सले आफ्नो कर्तुत लुकाउने प्रयास समेत गरेको छ । पैसा र पावरका भरमा उसले धार्मिक महत्वको एउटा ठाउँमा मनपरी व्यवसाय गरिरहेको छ । चन्द्रागिरी हिल्स लिमिटेडले आफ्नो ठूलो लगानी उठाउने बहानामा जनतालाई लुट्ने काम गरेको छ । चन्द्रागिरी हिल्स लिमिटेडले संचालनमा ल्याएको रेष्टुरेन्टमा होस् वा उसले संचालन गरेका अन्य विभिन्न पासलमा होस् चन्द्रागिरीको लुटले सीमा नाघ्न थालेको छ । 
कालोबजारीको हद ! वाणिज्य विभाग मौन :
चन्द्रागिरीले कालोबजारी यतिसम्म गरेको छ कि तारे होटल छोडेर नेपालमा सबैभन्दा महँगो भात, म:म:, जेरी वा आइसक्रिम पाउने ठाउँनै चन्द्रागिरी बनेको छ । अझ चन्द्रागिरी पुगेकाहरुमध्ये अधिकांसले त्यहाँ खुवाइने खाना गुणस्तरीय नभएको गुनासो पोखेका छन् । चन्द्रागिरीले खुवाउने खाना स्वास्थ्यबर्दक छ भनेर न कुनै सरकारी निकायले भनेको छ न त वाणिज्य विभागले त्यहाँ अनुगमननै गरिरहेको छ । चन्द्रागिरी हिल्स लिमिटेडले सञ्चालनमा ल्याएको रेष्टुरेन्टमा निकै महँगो मेनु राखेर जनता लुट्ने काम हुँदापनि सम्बन्धित निकाय मौन छ । एउटा धार्मिक आस्थासँग जोडिएको चन्द्रागिरीलाई लुट्ने भाँडो बनाएको कम्पनीले खाने कुरामा होस् वा चन्द्रागिरीको अन्य पक्षमा, जनतामाथि हदैसम्मको अन्याय गरेको गुनासो स्थानीयदेखि पर्यटकहरुले समेत गर्ने गरेका छन् । 
‘विगतमा महँगो कफी बेचेको भन्दै न्यूरोडका कफी पसलहरुमा समेत पुगेको वाणिज्य विभाग चन्द्रागिरी किन पुगिरहेको छैन ? खुलेको यत्रो समय हुँदा र जनताको यत्रो गुनासो आउँदापनि किन वाणिज्य विभाग बोलिरहेको छैन ?’ यो अर्को रहस्यको कुरा हो । यसो त देशका ठुला नेताहरुलाई चन्द्रागिरीले केवलकारको सफर गराईसकेको छ भने आफ्नो कर्तुत लुकाउन विभिन्न पत्रकारहरुलाई कम्पनीले नि:शुल्क केवलकार शयर गराईसकेको छ । चन्द्रागिरी हिल्स लिमिटेडले केहि कथित भिआईपीहरुलाई नि:शुल्क रुपमा चन्द्रागिरीको सयर गराएकै भरमा खुलेआम लुट गरिरहेको छ । पैसा र पावर भएकाहरुको कम्पनी भएको भन्दै यसतर्फ सम्बन्धित नियामक निकाय कसैकोपनि ध्यान गएको छैन । 

सरकार किन रमिते ? जनता आफैं जाग्ने कि !
यति धेरै जनताको चासो भएको विषयमा पनि सरकार भने रमिते भएर बसेको छ । कालोबजारीको हद नाघेर जनता लुट्न पल्किएको चन्द्रागिरीबारे चासो नदिनु पछाडी चन्द्रागिरीले विभिन्न नेताहरुलाई पनि राम्रै ‘दानापानी’ को व्यवस्था गरेको सरोकारवालाहरुको आरोप छ । भातको ५६० रुपैयाँ, एउटा जेरीको ५० रुपैयाँ र एक प्लेट म:मको २९० रुपैयाँसम्म लिएर कम्पनीले लुट मच्चाएको खबर सार्वजनिक हुँदापनि सरकार भने रमिते भएर बसेको छ ।
यता धर्मका नाममा व्यापार गरेर चन्द्रागिरीले चलाएको लुटधन्दाविरुद्ध जनता आफैं जाग्नुपर्ने तर्कपनि सरोकारवालाहरुले राखेका छन् । यसैक्रममा काठमाडौँका केहि युवाहरु चन्द्रागिरीले गरेको ब्रह्मलुट विरुद्ध एक भएर विभिन्न निकायमा उजुरीको तयारी गरिरहेका छन् । ‘यो हदसम्मको कालोबजारी हुँदा पनि सरकार मौन बसेको छ । अब हामी आफैं जाग्छौँ ।’ समूहका एक युवाले अर्थ सरोकार डटकमसँग भने । उनका अनुसार चन्द्रागिरीले गरेको ठगीधन्दाबारे वाणिज्य विभाग, अख्तियारजस्ता निकायमा उजुरी गरिने र चन्द्रागिरीले गरेको लुटधन्दा बारे विभिन्न मिडियाकर्मीहरुसँग साक्षात्कार गरिनेछ ।

यो पनि पढ्नुहोस् : 

      `); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
      Hamro Parto AD
      NMB BANK
      TRITON COLLEGE

      प्रतिक्रिया दिनुहोस्

      सिफारिस: