×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चन्द्रागिरी हिल्सको ब्रह्मलुट, पाइलैपिच्छे ठगिन्छन् सर्वसाधारण ! (फलोअप नम्बर १)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अहिले काठमाडौँमा केहि कुराको बढी चर्चा छ भने एउटा लोकमानसिह कार्की प्रकरण, अर्को चन्द्रागिरीको सफर । मनकामनापछी काठमाडौँमै खुलेको चन्द्रागिरीको डांडामा पुग्न भर्खरका केटाकेटि, कलेज पढ्ने ठिटाठिटीदेखि, बुढाबुढी वा स-परिवार घुम्न जाने क्रेज बढिरहेको छ । तर त्यहि चन्द्रागिरीमा भने ब्रम्हलुट भइरहेको छ । जनताहरु पाइलै पिच्छे ठगिन वाध्य भएका छन् । चन्द्रागिरि हिल्स लिमिटेडले संचालन गरेको केवलकारबाट डांडामा पुग्दा लुटको सृंखला सुरु हुन्छ । त्यसपछि पर्यटकले खाने खानादेखि पूजा सामाग्रीसम्ममा पर्यटकहरु ठगिन्छन् । चन्द्रागिरी हिल्स लिमिटेडद्वारा डांडामै सञ्चालित रेष्टुरेन्टमा राखिएको मेनु हेर्दा त्यहाँको खाना निकै महँगो छ भने चन्द्रागिरी हिल्स लिमिटेडले मनपरी शैलीमा व्यापार गरिरहेको छ । 
सुरक्षाको नाटक गर्दै ठग्दैछ कम्पनी :मनकामनामा सुरक्षित हुने, चंद्रागीरिमा किन नहुने ?
केवलकार छाडेर भालेश्वर मन्दिर जाने जो कोहि पर्यटकलाई सुरक्षाका कारण देखाउंदै पकाएका खानेकुरा र मदिरा लान पाईने छैन भनेर सूचना टाँस गरिएको छ । तर सुरक्षाभन्दापनि यो ठगी गर्ने काइदा भएको गुनासो सर्वसाधारणहरुले पोखेका छन् । कम्पनीले डांडामा आफ्ना कम्पनीलाई बाहेक न अरुलाई व्यवसाय गर्न दिएको छ, न अरुलाई खाने कुरा लिएर जाननै दिएको छ । यता मनकामनामा भने जाँदा कुनैपनि पर्यटकले खाने कुरा लैजान सक्छन् । ‘मनकामनाको केवलकार चढ्दाचाहिं असुरक्षा नहुने ! अनि यहाँचाहिं असुरक्षा हुने ? यो त सिधा ठगी हो ।’ चन्द्रागिरी पुगेका एक पर्यटकले अर्थ सरोकार डटकमसँग गुनासो पोखे।
धर्मका नाममा समेत व्यापार गरी ठग्दैछ चन्द्रागिरी, चंद्रागीरिमा पाइन्छ नेपालकै महँगो म:म 
चन्द्रागिरी मन्दिर परिसरमा यतिसम्मको लुट छ कि मन्दिरका पूजा सामाग्री समेत कम्पनी आफैले बेच्ने गरेको छ । यसअघि चन्द्रागिरिमा खाना लैजान नदिएको भन्दै केहि सर्वसाधारणहरुले विरोध समेत गरेका थिए । तर धर्मका नाममा जनता ठग्न पल्किएको कम्पनीले यसको बेवास्ता गर्दै यो ठगी कार्यलाई जारी राखेको छ । चन्द्रागिरी हिल्स लिमिटेडले अर्को तरिकाले पनि धार्मिक आस्थामाथि धावा बोलेको छ । चन्द्रागिरीमा रहेको खास भालेश्वरको मन्दिरमा रहेको देवता फालिएको स्थानीयहरुको गुनासो छ । एकातर्फ पूजा सामाग्री समेत आफैं बेच्ने र धार्मिक आस्थामाथिपनि प्रहार गर्ने रबैयाले स्थानीयहरुलाई निकै नै चिन्तित बनाएको स्थानीयबासीहरुको भनाई छ ।
के भन्छन् चन्द्रागिरीका प्रतिनिधि र खाद्य विशेषज्ञ ?
चन्द्रागिरीमा भइरहेको लुटबारे बुझ्न खोज्दा कम्पनीका प्रतिनिधि सम्पर्कमा आउन चाहेनन् । यता खाद्य विशेषज्ञले भने खाना लैजाँदा असुरक्षा हुन्छ भन्ने कुरा गलत भएको अर्थ सरोकार डटकमलाई बताए । औसत दैनिक ३ हजारभन्दा बढी मानिसले केवलकार चढिरहेका छन् । यसरी सरसर्ती हिसाब गर्ने हो भने चन्द्रागिरीले जनताको करोडौं रुपैयाँ ठगीरहेको छ । खाद्य विशेषज्ञका अनुसार चन्द्रागिरी हिल्स लिमिटेडले डाँडामा बेचिरहेको खाने कुरापनि खान योग्य छ वा छैन भन्ने परिक्षण गरिएको छैन । पैसा र पावरका भरमा चलेको व्यवसाय भएकाले उक्त ठाउँमा वाणिज्य विभागसमेत पुग्न सकेको छैन ।



    `); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
    Hamro Parto AD
    TRITON COLLEGE

    प्रतिक्रिया दिनुहोस्

    सिफारिस: