×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रवासमा दशैं : ‘चाडबाडका बेला नेपालको यादले झन् सताउँदो रहेछ’

  • अर्थ सरोकार सम्बाददाता 

जापान – नेपालीहरुले महान चाड दशैं मनाइरहेका बेला प्रवासमा बस्ने नेपालीहरुको दशैं भने केहि खल्लो भएको महसुस बढीले गरेका छन् । हुन त प्रवासमा पनि नेपालीहरुले दशैं मनाउँछन् । तर पनि नेपालको हस्तो हर्ष नहुने प्रवासमा रहेका नेपालीहरुले गोनासो पोखेका छन् ।

केहि बर्षअघि जापान हानिएका भुवन रोकाको गुनासो यस्तै छ । ‘विदेशमा खासै रमाइलो भएन । जवजव चाडबाड आउँछ, अनि नेपालको यादले बढीनै सताउँदो रहेछ ।’ उनी अगाडी भन्छन्, ‘यो जीन्दगीको हरेक पल हरेक दिनहरुले नयाँ अनुभव दिन्छ चाहे त्यो सुखको होस् या दु:खको । कहाँ त्यो गाउंको घर कमेरो र रातो माटोले दसै मनाउनुको रमाईलो कहाँ यो भिडमा पनि एक्लो एक्लो हुने शहरको वेस्वादको दशैं !’
उनी विदेशी भूमिमा दशैंका विगतका यादहरुले खुब सताएको बताउँदै भन्छन्, ‘ खसी, आमाले बनाएको परिकार, मामाघर… उमेरको दुरीसँगै  सबैकुराको दुरी बढ्दो रहेछ…! यसपाली पनि  कसैको आसिर्बाद थाप्न पाईएन !
जापानमा रहेर नयाँ शक्ति नेपालको राजनीतिमा सक्रिय भएका उनले आफ्नो छोरालाई भने प्रधानमन्त्री बनेस् भनेर आशिर्वाद दिएको र सामान्य रुपमा नै दशैं मनाइएको बताए । ‘सामान्य रुपमा मनाइयो । केहि नेपालीहरुसँग भेटघाट त भयो, तर गाउँका सुशेलीका भाकाहरुले अझै मनलाइ कता कता एक्लो बनाइदियो ।’
‘जापानमा केहि ठाउँमा नेपालीहरुले टिका थाप्ने कार्यक्रम पनि राखेका छन् । तर नेपालको जस्तो खुसी छैन । आमाको आशिर्वाद र मनाउनका लागि मनाइएको दशैं र थाप्नका लागि थापिएको टिकाको फरक कति हो कति’! ‘अव त बस् छोराछोरीले संस्कृति नबिर्सीउन् भनेर मनाउने हो दशैं !’ अर्थ सरोकार डटकमसँग उनले भने।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: