×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

होस्टलहरुको भीडमा छुट्टै पहिचान बनाउँदै ‘हाम्रो ब्वाइज होस्टल’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – काठमाडौँमा होस्टलहरुको संख्या बढिरहेको छ । यसो त विशेषगरी मोफसलबाट काठमाडौँ आउनेहरुलाई कोठा भाडामा लिएर बस्नुभन्दा होस्टल सजिलो माध्यम भएकाले पनि होस्टलमा बस्न चाहानेहरु एकातर्फ बढीरहेका छन् भने होस्टल व्यवसायमा लगानी गर्नेहरुको संख्या बढ्दै गएको छ 

होस्टलको भीडमा हाम्रो बोइज होस्टल :
काठमाडौँ नयाँ बानेश्वरमा रहेको हाम्रो ब्वाइज होस्टल सम्बन्धित निकायबाट दर्ता भएर सञ्चालनमा आएको होष्टल हो । ‘हामी हाम्रो होस्टलमा आउने जो सुकैलाइ पनि गुणस्तरीय सेवा दिन प्रतिवद्ध छौं ।’ होस्टलका सञ्चालक भुवन भण्डारीले अर्थ सरोकार डटकमलाई बताए । गुणस्तरीय खाना, आरामदायी बसाइ लगायतका विशेषतका कारण होस्टलप्रति विद्यार्थीको दृष्टिकोण सकारात्मक रहेको उनको भनाइ छ । 
आफ्नो होस्टलमा २४सै घण्टा वाईफाईको समेत व्यवस्था भएको बताउने भण्डारीले आफुहरुले होस्टललाइ व्यावसायिक रुपमै अगाडी बढाएको र होस्टलमा बस्नेहरुले कुनैपनि कोणबाट कुनै पनि कुराको अभाव नाभोगुन् भन्ने उदेश्यका साथ आफुहरु अगाडी बढेको उनको भनाइ  छ ।

के के छन् सुविधा ?
हाम्रो बोइज होस्टलमा राम्रो खाना र आरामदायी बसाइसँगै, वाईफाईको समेत व्यवस्था रहेको सञ्चालक भण्डारीको भनाइ छ । ‘हामी होस्टलमा बस्ने जो कोहिले पनि घरबाट टाढा भएको महसुस नगरुन् भन्ने उदेश्यका साथ घरमा हुने सबैखालका सेवा सुविधाहरु दिने प्रयास गरिरहेका छौँ । र धेरै हदसम्म दिइपनि रहेका छौं । होस्टलमा बस्नेहरुको लुगा धोईदिने व्यवस्था समेत रहेको बताउँदै उनले अरु होस्टलमा रहेका कुनै पनि सुविधा आफ्नो होस्टलमा नहुने नहोस् भन्ने अभिप्रायले आफुहरुले होस्टललाइ घरकै वातावरण दिन सक्दो कोसिस गरीरहेको बताए ।

कति छ शुल्क ?
सञ्चालक भण्डारीका अनुसार होस्टलको शुल्क एउटा कोठामा कति जना बस्ने भन्ने कुराले निर्धारण गर्छ । समुहमा आउनेहरुलाई विशेष छुटको पनि व्यवस्था रहेको उनको भनाइ छ । ‘हामी अरु राम्रा होस्टलभन्दा महँगो छैनौं तर सामान्य होस्टलजस्तो सस्तो पनि छैनौं  । गुणस्तरीय सेवा दिनका लागि हामीलाई चाहिने शुल्क बस्नेहरुबाटै उठाउने हो । हामी यो कुरामा ढुक्क छौं कि, ‘अरु होस्टलको सुविधा हेर्ने हो भने हामी सस्तोमै पर्छौं । कोठाको रेट ८००० ८५०० ९००० हेरीहेरी र सिंगलको कोठाको १२००० प्रति महिना रहेको सञ्चालक भण्डारीले बताए ।

कसरी सम्पर्क गर्ने ?
संचालक भण्डारीका अनुसार होस्टलमा बस्न चाहानेहरुले सिधै उनको मोबाइल नम्बरमा सम्पर्क गर्न सक्छन्। उनलाई ९८४९८२४५०३मा सम्पर्क गर्न सकिनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: