×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘विद्युत लुकाएर उद्योगपतिलाई बेच्ने धमिराले खाएको घुस ओकल्नुपर्छ’ : महावीर पुन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २३ कार्तिक २०७३, मंगलवार

PRIME CA
laxmi sunrise bank

‘विद्युत लुकाएर उद्योगपतिलाई बेच्ने धमिराले खाएको घुस ओकल्नुपर्छ’ : महावीर पुन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपालमा ईन्टरनेट प्रविधि भित्र्याउन महत्वपूर्ण भूमिका निभाएका महाविर पुन साजिक सञ्जाल फेसबुकमा निकै सक्रिय छन् । सार्वजनिक सरोकारको विषयमा उनले खुलेर आफ्नो विचार राख्दै आएका छन् । राजधानी सहित केही प्रमुख सहरमा हुँदै आएको लोडसेडिङ अन्त्य भएसँगै उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राखेका छन् । फेसबुकमा पुनले विद्युत क्षेत्रमा देखिएको ‘धमिराहरु’लाई कारबाही गर्न माग गरेका छन् । उनको स्ट्याटस यस्तो छ ।
महाविर पुन
राजधानीबासी तथा लोडसेडिङमुक्त नेपाली जनतालाई मख्ख मात्र नपर्न अपिल १
लोडसेडिङबाट मुक्त हुनु अथवा लोडसेडिङ घटेर न्यून हुनु धेरै खुसीको कुरा हो । यति भयो भने पनि नेपालको आर्थिक विकासमा धेरै राहत हुन्छ किनभने व्यापारीहरुले, उद्योगपतिहरुले र सर्वसधारणले लोडसेडिङ हुँदा गर्नुपर्ने वैकल्पिक उपायहरुमा पैसा खर्च गर्नुपर्ने छैन । तर विद्युत पाएको खुसियालीमा हामी मख्ख मात्र नपरौं भन्ने मेरो अपिल छ ।
मेरो अपिल यसप्रकार छ( त्यसरी विद्युत लुकाएर केही ‘विशिष्ट वर्ग’का उद्योगहरुलाई मात्र वितरण गर्ने विद्युत प्राधिकरणका जिम्मेवार अधिकारीहरुलाई तत्कालै निलम्बन गरेर त्यसको छानबीन होस् र कडा भन्दा कडा सजायँ दिईयोस् । देशलाई भताभुंग पार्ने धमिराहरुमा तिनीहरु पनि पर्दछन् । उनीहरुले विद्युत लुकाएर केही विशिष्ट उद्योगपतीहरुलाई मात्र विद्युत वितरण गरी प्रशस्त घुस खाएको पैसा पनि ओकाल्नुपर्छ । साथै यत्रो बर्षसम्म जनतालाई दिएको दुःखको पनि जरिवाना तिराउनु पर्दछ ।
यो कुरा पनि बुझौँ, कुनै पनि काम सुचारुरुपमा संचालन गर्न राम्रो व्यवस्थापन हुनु अत्यन्तै जरुरी हुने रहेछ भन्ने एकदमै राम्रो उदाहरण हो यो । विद्युत प्राधिकरणको वर्तमान कार्यकारी निर्देशकले गरेको पनि राम्रो व्यवस्थापन मात्र हो । सबै क्षेत्रमा यस्तै सृजनशील र असल कार्यकारी निर्देशकहरु भए भने देशको विकास हुन धेरै समय लाग्दैन । देश बर्बाद भए कै घुस्याहा र भ्रष्ट नेताहरु र प्रशासकहरुले गर्दा नै हो जुन कुरा सबैलाई छर्लंग छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: