×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कांग्रेस वरिष्ठ नेता पौडेल एक हप्ते तराई भ्रमणमा

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल एकसाता लामो मधेस यात्रामा निस्केका छन् । मंसिर २ गते वीरगंजबाट तराई यात्रा सुरु गरी बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाको भ्रमण सकेर मंसिर ७ गते काठमाडौं फर्कने तय भएको पौडेलका सहयोगी चिरिन्जीवी अधिकारीले जानकारी दिए । 
पौडेलले संविधान संशोधनमा के कस्ता विषय समेट्न आवश्यक छ भनेर मधेसका वुद्धिजीवीसँग अन्तर्क्रिया गर्ने पनि बताएका छन् । पौडेलले कात्तिक दुई गते काठमाडौमा रहेका मधेसका बुद्धिजीवीहरुसंग छलफल गरेका थिए । ‘संविधान संशोधनका बारेमा तराई मधेसका जनतासंग साक्षात्कार गर्ने उद्देश्यले दुई नम्बर प्रदेशका सबै जिल्लामा जान लाग्नुभएको हो’  पौडेलका सहयोगी अधिकारीले भने ।  वरिष्ठ नेता पौडेल मंसिर २ गते बिहीबार नेपाली कांग्रेस पर्साले आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन् ।
पर्सामा पौडेलले नेपाली कांग्रेसका नेता कार्यकर्तासंग छलफल गर्नुका साथै संविधान संशोधनमा समेट्नुपर्ने बिषयमा समेत छलफल गर्नेछन् । त्यसै गरी उनले मंसिर ३  गते बारामा नेपाली कांग्रेसका कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् । 
 मंसिर ४ मा रौतहटमा र ५ गते सर्लाहीमा आमसभालाई सम्बोधन गर्नुका साथै कांग्रेसका कार्यकर्ता तथा बुद्धिजीवीसँग छलफल गर्ने कार्यक्रम छ। मंसिर ६ गते पौडेलले महोत्तरीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन् भने ७ गते धनुषामा कार्यकर्ता भेटघाट सकेर राजधानी फर्कने कार्यक्रम रहेको सहयोगी अधिकारीले बताए ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: