×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जनता ठगेको समाचारले चन्द्रागिरीको क्रेज घटेपछि आफ्ना कर्तुत लुकाउन यसरी कस्सीए निर्देशक… (फलोअप नम्बर ५)

तस्विर स्रोत : चन्द्रागिरी हिल्स डटकम 
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – चन्द्रागिरी हिल्स लिमिटेडले कालोबजारी गरिरहेको, जनता ठगीरहेको र राजश्व छालीरहेको समाचार सार्वजनिक भएपछी यसले नेपाली बजारमा चन्द्रागिरी हिल्स लिमिटेडप्रति जनताको सोचलाई ‘यु टर्न’ मारिदिएको छ । नेपालको सबैभन्दा महँगो मेनु राखेर सोझासाझा जनतालाई ठग्ने, अनि जनताबाट उठाएर सरकारलाई तिर्नुपर्ने कर समेत नतिरेर आफु मोटाउने धन्दामा लागेका चन्द्रागिरी हिल्स लिमिटेडका सञ्चालकहरु अहिले आफ्नो कर्तुत लुकाउन कस्सीएका छन् । चन्द्रागिरी हिल्स लिमिटेडले गरेका विभिन्न कर्तुतहरु एक एक गरी सार्वजनिक भएसँगै चन्द्रागिरी हिल्सप्रति जनताको क्रेज त घटेको छ नै, चन्द्रागिरीमा ठगीएको महसुस भएपछी त्यहाँ पुगेर फर्किएकाहरुपनि आक्रोशित छन् ।    
यतिसम्म गरेछन् कम्पनीका निर्देशकले :
यसैबीच चन्द्रागिरी हिल्स लिमिटेडले जनता ठगीरहेको समाचार सार्वजनिक भएपछी कम्पनीका निर्देशक अम्बिका पौडेलले समाचार लेख्ने अर्थ सरोकारका प्रधान सम्पादक सुरज प्याकुरेललाई आफ्नो फेसबुकबाट हटाएका छन्  । ‘चन्द्रागिरी हिल्स लिमिटेडका अन्य सञ्चालकलाई पनि उनीसँग फेसबुकमा नोजोडीन आग्रह गरेका छन् ।’ उनी निकट स्रोतले भन्छ, ‘यता उनले चन्द्रागिरीबारे सकारात्मक समाचारको लिंक भने आफुलाई उपलब्ध गराउन सम्बन्धित आफ्ना कर्मचारीलाई निर्देशन दिइरहेका छन् भने त्यसरी आएका समाचारहरुलाई उनले ‘प्रमोट’ गरिरहेका छन् ।’ ‘साथै चन्द्रागिरीको केवलकार बीचैमा अड्किएको समाचार सार्वजनिक भएपछी उनले यस्तो समाचार सार्वजनिक हुँदा विशेषगरी बालबालिकासँगै चन्द्रागिरी हिल्समा आउने पर्यटकहरुको संख्या घटेपछि अव कसरी अगाडी बढ्ने भने विषयमा आफ्ना सहकर्मीहरुसँग सल्लाह समेत गरेका छन् ।’ स्रोतले अर्थ सरोकार डटकमसँग भन्यो।
सरोकार डटकमले उनको फेसबुकमा ट्याग गरेको समाचारले उनको कर्तुत सार्वजनिक भएपछी उनकै कतिपय साथीहरुको चन्द्रागिरी हिल्सप्रतिको धारणा परिवर्तन भएपछी उनले यस्तो गरेको उनी निकट स्रोतले अर्थ सरोकार डटकमलाई जानकारी दियो । अर्थ सरोकारकर्मी प्याकुरेलले चन्द्रागिरीले कालोबजारी गरेको, जनता ठगेको र कर छलेको समाचार प्रकाशन गरेर उनलाई सामाजिक सञ्जाल फेसबुकमा ‘यस विषयमा ध्यान पुगोस्’ भन्दै ट्याग गरेका थिए । आफु सहि भएको भए त्यसलाई खण्डन गर्नुको सट्टा समाचारबाटै टाढा रहन खोज्नुले उनी गलत छन् र चन्द्रागिरी गलत छ भन्ने थप पुष्टि गरेको छ।
किन यस्तो गरेछन् निर्देशकले ?
स्रोतका अनुसार कम्पनीका निर्देशक अम्बिका पौडेलले यस अघिपनि विभिन्न नेता तथा पत्रकारहरुलाई लिएर चन्द्रागिरी हिल्स सम्म पुग्ने गरेका थिए । तर चन्द्रागिरी हिल्स लिमिटेडको कालो कर्तुत अर्थ सरोकार डटकमले पर्दाफास गरिदिएपछी उनलाई विभिन्न नेता तथा उनका अन्य फेसबुकका साथीहरुले पनि ‘कुरा के हो?’ भनेर सोधेका थिए । सामाजिक सञ्जालमै पनि कतिपय व्यक्तिले #Saynotochandragiri #Paytaxchandragiri लगायतका अभियान चलाएका थिए । यस बिषयमा उनलाई विभिन्न कर अधिकृत, नेता तथा पत्रकारले समेत प्रश्न गरेको बुझिएको छ । आफ्नो कर्तुत धेरैलाई थाहा हुने डरले उनले अर्थ सरोकारका पत्रकारलाई फेसबुकबाट हटाएका छन् भने पत्रकारले फेसबुक मेसेन्जरमै सोधेको प्रश्नको उत्तर समेत पठाएका छैनन् ।’ यसअघि उनी आफैंले अर्थ सरोकारका पत्रकारलाई मेसेज पठाएर केहि कमी कमजोरी भएको र सबै मिलेर त्यसलाई सुधार्नुपर्ने बताएका थिए।
आन्तरिक राजश्व विभागमा उजुरीको तयारी ! वाणिज्य विभाग किन मौन ?
जनता ठग्ने, कालोबजारी गर्ने अनि तिर्नुपर्ने कर समेत छलेर चन्द्रागिरी हिल्स लिमिटेडले दादागिरी देखाएको भन्दै निर्देशक अम्बिका पौडेल, चन्द्र ढकाल लगायतकालाई #paytaxchandragiri अभियानका अभियानताहरुले आन्तरिक राजश्व विभागमा उजुरी गरी चन्द्रागिरी हिल्स लिमिटेडले गरेको जनता ठग्ने काम विरुद्ध अभियान चलाउन लागिएको बताएका छन् । तर यता अम्बिका पौडेल, चन्द्र ढकाल लगायत भने आफुसँग राजनीतिक पावर भएको र कसैले पनि आफुलाई छुन नसक्ने भन्दै बसीरहेको स्रोतको दावी छ। चन्द्रागिरी हिल्स लिमिटेडले जनता ठगीरहेको, कालोबजारी गरिरहेको समाचार सार्वजनिक हुँदापनि वाणिज्य विभाग भने मौन बसेको छ ।

दशैंका बेलामात्र छापा मार्ने गरेको भन्ने आरोप लागेको वाणिज्य विभागले चन्द्रागिरीमा खुवाइने खाना गुणस्तरीय छ वा छैन, त्यहाँ जनतालाई ठगी पो गरिएको छ कि भन्नेतर्फ कुनै वास्ता गरेको छैन । स्रोतका अनुसार चन्द्रागिरी हिल्स लिमिटेडले ख्याद्य तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य विभाग, आन्तरिक राजश्व विभाग लगायतका निकायहरुलाई आफ्नो बसमा पारेर ढुक्कसँग जनता लुट्ने काम गरिरहेको छ । बेलाबेलामा चाडबाडका बेला छापा मारेर छापा मारेजस्तो नौटंकी गर्ने वाणिज्य विभागले कुनै पनि काम अगाडी नबढाउंदा चन्द्रागिरी हिल्स लिमिटेडले खुलेआम सोझा साझा जनतालाई थागीरहेको छ।

घटेकै हो त चन्द्रागिरीको क्रेज ?
‘चन्द्रागिरीमा लुट मच्चिएको समाचार सार्वजनिक भएपछी थोरै बजेटमा रमाइलो गर्न चाहाने पर्यटकहरु चन्द्रागिरी पुग्ने रहर नै पाल्न छाडेका छन् भने चन्द्रागिरीको केवलकार बीचैमा अड्किने गरेको समाचार सार्वजनिक भएपछी आफ्ना बालबच्चाहरुलाई लिएर चन्द्रागिरी पुग्न चाहानेहरु पनि सोच्न वाध्य भएका छन् ।’ स्रोत अगाडी भन्छ, ‘चन्द्रागिरी हिल्स लिमिटेडबारे अर्थ सरोकार डटकमले लगातार फलोअप गरेपछि चन्द्रागिरीमा व्यापार पनि घटेको छ । पहिलानै थाहा पाएर जनताहरु आफुसँग ‘जंक फुड’ लिएर आउन थालेका छन् भने केहि किन्नुपरेको खण्डमा पनि बिजक माग्न थालेका छन् ।’ स्रोत अगाडी भन्छ, ‘अर्थ सरोकारको समाचारले समग्रमा चन्द्रागिरीको क्रेज घटेकै हो ।’

चन्द्रागीरि हिल्स बारे यी समाचार छुटे कि ?

    `); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
    Hamro Parto AD
    NMB BANK
    TRITON COLLEGE

    प्रतिक्रिया दिनुहोस्

    सिफारिस: