×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यसकारण जानुहोस् चन्द्रागिरी… यसकारण नजानुहोस् चन्द्रागिरी ! (फलोअप नम्बर ४)


  • सुरज प्याकुरेल / अर्थ सरोकार डटकम 
    काठमाडौँ – चन्द्रागिरी डाँडा अर्थात चन्द्रागिरी हिल्स लिमिटेडले नेपालको दोश्रो केवलकार सञ्चालन गरेको ठाउँ । हजारौं पर्यटक चन्द्रागिरी पुगिसकेका छन् । डाँडामा भालेश्वर मन्दिरको अवलोकन र केवलकारको शयर भन्दापनि काठमाडौँ नजिकै केवलकार भएकाले चन्द्रागिरी घुम्नेहरुको संख्या ठूलो छ । अझ कम्पनीले बानी लगाउन सुरुवातीका दिनहरुमा हजारौं पर्यटकलाई नि:शुल्क डाँडामा पुर्याएपछी तीनै पर्यटकको ‘रिफेरेन्स’ मा चन्द्रागिरी घुम्न जानेहरुको संख्या ठूलो छ ।

    अझ कम्पनीकै तर्फबाट नेपालका ठूला नेता, व्यवसायी तथा पत्रकारहरुलाई चन्द्रागिरी घुमाएर ‘माउथ पब्लिसिटी’ गर्ने प्रयास गरेको छ चन्द्रागिरी हिल्स लिमिटेडले । त्यहि ‘माउथ पब्लिसिटी’ वा अरुले राम्रो छ वा नराम्रो छ भनेकै भरमा चन्द्रागिरी जाने वा नजाने विचार गर्नुभएको छ भने एक पटक सोच्नुहोस्, हामी चन्द्रागिरी जानुपर्ने वा नजानुपर्ने कारणहरु खोतल्दैछौं   
    यसकारण जानुहोस् चन्द्रागिरी :
    चन्द्रागिरी हिल्स लिमिटेडले नेपालमा सञ्चालन गरेको केवलकार चन्द्रागिरी डाँडासम्म पुग्छ । चन्द्रागिरी एरिया नेपालको अर्को पर्यटक गन्तब्य हो नै । काठमाडौँको कोलाहलबाट एकछिन मुक्त हुन चन्द्रागिरी राम्रै विकल्प हुन सक्छ । काठमाडौँबाट नजिक भएकाले पनि एक दिन बिताउन चन्द्रागिरी राम्रै ठाउँ हुनसक्छ । यसकारण काठमाडौँको कोलाहलबाट बच्न, दिनमा राम्रो पैसा अन्त खर्च गर्ने बानी परेकाले पनि चन्द्रागिरी जाँदा उपयुक्त नै हुन्छ ।

    नयाँ ठाउँ हेर्ने चन्द्रागिरी :
    चन्द्रागिरी पर्यटकका लागि नयाँ गन्तब्य हो । नेपालमा काठमाडौँ नजिक केवलकार सञ्चालन भएको एकमात्र ठाउँ चन्द्रागिरि नै हो । त्यसैले नयाँ ठाउँ हेर्न चाहानेहरुका लागि चन्द्रागिरी जान उपयुक्त हुन्छ । विदाका दिन नगरकोट, ककनी, गोदावरी, ठमेल लगायतका ठाउँमा गएर राम्रो पैसा खर्च गर्न चाहानेले चन्द्रागिरी जाँदा उपयुक्त हुन्छ ।
    भालेश्वरको भाकल छ भने जानुहोस् चन्द्रागिरी :
    यहाँभन्दा पहिला पनि भालेश्वर मन्दिर भक्तजनहरु जाने गर्थे । कतिलाई भालेश्वर मन्दिरको भाकल पनि हुन्छ । यस्तो भाकल छ भने भालेश्वर मन्दिर जान उत्तम विकल्प चन्द्रागिरीको केवलकार हो । सजिलो, र छिटो हुने भएकाले पनि चन्द्रागिरी डाँडासम्म पुग्न चन्द्रागिरीको केवलकार चढ्नु उपयुक्त हुन्छ ।
    पत्रकारले जानै पर्ने ठाउँ हो चन्द्रागिरी 
    यदी तपाईं पत्रकार हुनुहुन्छ र चन्द्रागिरी जानुभएको छैन भने चन्द्रागिरी हानुहोस् । चन्द्रागिरी समाचारका लागि ‘भर्जिन’ ठाउँ हुन सक्छा । कम्पनीले जनतालाई ठगेका समाचारहरु, चन्द्रागिरीको लुट सम्बन्धी समाचारहरु, चन्द्रागिरीको लापरवाही सम्बन्धी समाचारहरु डांडामा थुप्रै भेटिन्छन् । 
    उदाहरणका लागि तलको तस्विर हेर्नुहोस् त, चन्द्रागिरीमा पर्यटकको दोहन सम्बन्धी समाचार लिन पुगेका अर्थ सरोकार डटकमका पत्रकारले यस्तो हास्यास्पद सुचनाको समेत तस्विर खिचेर ल्याएका छन् । कम्पनीले जारी गरेको सुचनामा मिति २०७४ साल लेखिएको छ । जवकी २०७४ साल लागेकै छैन ।

    नकारात्मक समाचारमात्र होइन, गरे के हुँदैन, यस्तो डाँडामा समेत केवलकार पुग्दो रहेछ जस्ता समाचारहरु पनि भेटिन्छ । अर्कोतर्फ प्राकृतिक सुन्दरता, डाँडाकाँडा हेर्ने वा तस्विर खिच्नेका लागि पनि राम्रो ठाउँ हो चन्द्रागिरी ।

    यसकारण नजानुहोस् चन्द्रागिरी :
    चन्द्रागिरी नयाँ ठाउँ हुँदा हुँदै पनि कतिपय कारण चन्द्रागिरीमा नजानुनै उपयुक्त हुन्छ । थोरै साबधानी नअपनाए चन्द्रागिरी जो कसैका लागि पनि जीवनको सबैभन्दा नमीठो यात्रा हुन सक्छ ।
    मुटु कमजोर भएकालाई नचढाउनुहोस् चन्द्रागिरी केवलकार :
    केहि समय अगाडी चन्द्रागिरीको केवलकार बीचैमा गएर करिव ४० मिनेट अड्किएको थियो । यसरी केवलकार अड्किदा ठूलै कोलाहल समेत मच्चिएको थियो । त्यतिबेला मुटु कमजोर भएका पर्यटक केवलकार भित्र भएको भए उनीहरुको ज्याननै पनि जान सक्थ्यो । त्यसैले यदि तपाईंको मुटु कमजोर छ वा तपाईं वा तपाईंका आफन्तलाई एकदम डर लाग्छ भने चन्द्रागिरीको केवलकार नचढेको राम्रो हुन्छ ।
    बच्चाहरुलाई लाँदै हुनुहुन्छ भने होसियार !
    चन्द्रागिरी डाँडासम्म पुग्ने केवलकार बीचैमा अड्किएका उदाहरणहरु माथि नै पढ्नुभयो । यसरी केवलकार अड्कियो भने बच्चाको मानसिकता नै खराब हुन सक्छ । बच्चा डराउने प्रवृतिका हुन्छन् । त्यसैले चन्द्रागिरीमा केवलकार अड्किन्छ भन्ने खबर सुन्य नहुन्जेल बालबालिकालाइ लिएर चन्द्रागिरी डांडा घुम्न नगए हुन्छ । यसो त बालबालिकाका लागि रमाइलो ठाउँ नहुन सक्छ चन्द्रागिरी । यसअघि ‘चंद्रागीरिमा खानेकुरा किन लैजान नदिएको ?’ भन्ने प्रश्नमा चन्द्रागिरी हिल्स लिमिटेडका कर्मचारीले पकाएको खाने कुरा लैजाँदा सामुदायिक बनका जनावरहरु आकर्षित हुने हुनाले यस्तो गर्न नदिएको बताएका थिए । त्यहि कुरालाई पत्याउने हो भनेपनि जनवारबाट समेत चन्द्रागिरी हिल्स सुरक्षित छैन भन्ने स्पष्ट हुन्छ । त्यसैले चन्द्रागिरी नजाँदानै राम्रो हुन्छ ।
    कम बजेट भएकाले नजानुहोस् चन्द्रागिरी :
    चन्द्रागिरीमा कालोबजारीको हद छ । खानाको ५६० रुपैयाँ पर्छ । पानी, मम, जेरी लगायतका सबैकुराको भाउ आकाश छुने छ । त्यसैले कम बजेट भएकाले चन्द्रागिरी नजाँदा उपयुक्त हुन्छ । यहिबाट कुरकुरे, लेज, जुस लगायतका नापकाएका खानेकुरा लैजाने हो भनेचाहिं ठिक छ । कम्पनीले पकाएको खानेकुरा लैजान दिंदैन ।
    भाकल पूरा गरेकाले अन्य पीठको दर्शन गरिनहाल्नु ! : ज्योतिष 
    यदी तपाईंले पलान्चोक, संकटा, मनकामना लगायतका ठाउँमा भाकल गर्नुभएको थियो र भाकल अनुसार दर्शन पनि गर्नुभएको थियो र भनेजस्तो पुगीसकेको छैन भने अन्य शिवपीठहरुमा दर्शन गरिनहाल्न ज्योतिषहरुले सुझाव दिएका छन् । यसो त बुढापाकाले पनि देवीको भाकल पुर्याएर आएकाहरुले मनोकामना पुरा नहुन्जेल शिवपीठ दर्शन नगर्नु भन्ने चलन पनि छ । घुम्नका लागि चन्द्रागिरी जाँदा हुन्छ तर अन्त कतिको भाकल पूरा गर्नुभएको छ भने भालेश्वर मन्दिरको दर्शन नगर्दा राम्रो हुने ज्योतिषहरुको भनाइ छ ।
    स्वाभिमानी नागरिकले जाने र चन्द्रागिरी ?
    चन्द्रागिरीमा व्यापक करछली भइरहेको छ । कम्पनीले करोडौं रुपैयाँको भ्याट बराबरको रकम आफ्नो पोल्टामा हालेको छ । यसरी राज्यलाई ठग्ने, राज्यको कानुन नमान्ने र राज्य र जनताको आँखामा छारो हालेर आफु मोटाउने खेलमा लागेका कम्पनीका सञ्चालकहरुलाई एउटा स्वाभिमानी नागरिकले किन पोस्ने भन्ने अर्को कुरा हुन सक्छ । यस बिषयमा हामी तपाईंलाइ जानुहोस् र नजानुहोस् भन्दैनौं । किनकि स्वाभिमानी नागरिकले आफैं कुरा बुझछन् ।

    चन्द्रागीरि हिल्स बारे यी समाचार छुटे कि ?

      `); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
      Hamro Parto AD
      NMB BANK
      TRITON COLLEGE

      प्रतिक्रिया दिनुहोस्

      सिफारिस: