×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सामसुङले स्मार्टफोन ल्याउने

एजेन्सी  – दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले यस वर्षको अन्त्यसम्म आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक गर्ने सक्ने छ ।  ग्यालेक्सी ए सेभेन नाम दिइएको उक्त स्मार्टफोनमा ५।७ इन्चको फुल एचडी स्क्रिन हुने साम्मोबाइलको एक रिपोर्टमा बताइएको छ ।
 स्मार्टफोनमा एक्सिनोस ७८८० अक्टा कोर प्रोसेसर र ३ जिबि र्‍याम हुने उल्लेख गरिएको छ ।  स्मार्टफोनमा ३२ जिबी इन्टरनल मेमोरी हुनेछ र यसको क्षमतालाई माइक्रोएसडी कार्डमार्फत बढाउन सकिनेछ । यस स्मार्टफोनमा १६ एमपी रेयर क्यामरा हुने र १६ एमपी कै फ्रन्ट क्यामरा हुने रिपोर्टमा उल्लेख गरिएको छ ।
 नयाँ सामसुङ स्मार्टफोन आईपी६८ सर्टिफाइड हुन सक्ने बताइएको छ। यसको अर्थ हो यो फोन धुलो र पानीले असर नगर्ने खालको रहेको छ ।  योभन्दा अगाडि कम्पनीले बजारमा ल्याएका स्मार्टफोनमा फिंगरप्रिन्ट सेन्सर थियो। यसमा पनि सो सुविधा हुने अनुमान गरिएको छ । 
 यसमा ३६ सय एमएएचको ब्याट्री हुनेछ । स्मार्टफोनमा युएसबी टाइप(सी पोर्ट पनि हुन सक्ने समाचारमा उल्लेख गरिएको छ। स्मार्टफोन कहिले सार्वजनिक गरिनेछ भन्ने जानकारी भने कम्पनीले दिइसकेको छैन । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: