×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सन्दर्भ शेयर बजार : ‘अमेरिकामा पानी परेर न त हाम्रो काउली सप्रन्छ, न त त्यहाँ सुनामी आएर यता हाम्रो घर भत्कन्छ !’

  • रोहन शर्मा 

“अमेरिकामा पानी परेर न त हाम्रो काउली सप्रन्छ, न त त्यहाँ सुनामी आएर यता हाम्रो घर भत्कन्छ !”
हल्लै हल्लामा हिजो र आज गरी हाम्रो सेयर बजारले ५० भन्दा बढी अंक गुमायो !
नवनिर्वाचित अमेरिकि राष्ट्रपती डोनाल्ड ट्रम्प र भारतमा प्रतिबन्ध लगाईएको भारु ५०० र १००० को घटनाक्रमको असर हाम्रो सेयर बजारमा पनि पर्ने त देखियो……….!
असर कसलाई भन्दा जसले घाटा खाएर, आत्तिएर, हल्लाको पछी लागेर बिक्री गरे उनिहरुलाई नराम्रै असर पर्ने देखियो!
कागले कान लाग्यो भन्ने हल्ला चल्नासाथ कान नछामीकन दौडने हाम्रो बानी न पर्‍यो आखिर।
खास कुरा चाहिं अमेरिकामा पानी परेर न त हाम्रो काउली सप्रन्छ, न त त्यहाँ सुनामी आएर यता हाम्रो घर भत्कन्छ ! नजिकैको छिमेकी मुलुक भारतको सेयर बजारसँग त हाम्रो लागी भलो वा कुभलो हुने कुनै सम्बन्ध छैन भने अमेरिकी बजारसँगको सम्बन्ध त सपना भन्दा पनि परको कुरा हो । 
जे होस्, नेपालको मात्र नभई सेयर बजार भनेको बिश्वको नै यस्तै हो । जुन अत्यन्त संबेदनशिल हुन्छ। समयक्रममा चल्ने हल्लालेनै हो ठुलो अवसर सृजना गर्ने,  डराउनेले गुमाउने अनि आँट हुनेले कमाउने । 
अब बिस्तारै हल्लाको पछी लाग्ने लगानीकर्ताले आफ्नो कान छाम्न थाल्नेछन्। अनि फेरी बजार पुरानै लयमा फर्कनेछ ।
बाँकी भोलीका दिनले बताउलान्।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: