×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अभिनेत्री सरिता लामिछाने लगाएत एक दर्जन कलाकर्मी नेपाली कांग्रेस प्रवेश गर्ने

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – आज एक दर्जन बढी कलाकर्मीहरुले नेपाली कांग्रेस प्रवेश गर्ने भएका छन् ।
कांग्रेस सभापति शेरबहादर देउवा निवास बुढानिलकण्ढठमा  बुधबार एक कार्यक्रमको आयोजना गरी कलाकर्मीहरुलाई पार्टी प्रवेश गराउन लागिएको हो ।
नेपाली कांग्रेस प्रवेश गर्नेमा अभिनेत्री सरिता लामिछाने, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, अभिनेता कृष्ण मल्ल र चलचित्र प्राविधिक संघका अध्यक्षल पुष्कर लामालगायत अन्य कलाकारहरु रहेका छन् ।
सभापति देउवाले उनीहरुलाई स–सम्मानका साथ फूलमाला लगाएर पार्टी प्रवेश गराउने छन् । यसअघि चर्चित लोक गायिका कोमल वली र नायिका रेखा थापाले राप्रपा पार्टी प्रवेश गरिसकेका छन् । मंसिर ६ गते दुई राप्रपाद्वयको एकता कार्यक्रममा कोमली वलीले पार्टी प्रवेश गरेकी थिइन । भने त्यसलगत्तै नायिका थापाले पार्टी प्रवेश गरेकी थिइन् ।
आगामी चुनाव नजिकिँदै जाँदा कलाकारहरुको ध्यान फिल्मतिर नभई पार्टी प्रवेशतिर गएको देखिन्छ । अहिले पार्टी प्रवेश गर्ने कलाकर्मीहरुको होडबाजी चलेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: