×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘सीमांकन हेरफेर गर्ने हो भने त २ नम्बरलाई पनि सच्याउनुपर्छ’

प्रदेशहरुको सीमांकनमा पुनरावलोकन गर्ने हो भने दुई नम्बर प्रदेशमा पनि पुनरावलोकन गर्न जरुरी छ । तर,यो विषयलाई हामीले अहिल्यै अगाडि बढाएका छैनौं । तर, प्रदेशहरुलाई साँच्चै नै चलाउने हो भने दुई नम्बर प्रदेशलाई पनि पुनरावलोकन गरिनुपर्छ ।
त्यसो हो भने त ! २ नम्बर प्रदेश त्रुटीपूर्ण नै हो । त्यहाँ मधेसी समुदायको बाहुल्य रहेको ठाउँमा अर्काे समुदायको पनि उपस्थिति भएको भए समुदायवीचको एकतालाई बल पुग्ने थियो । अहिले जसरी प्रदेश बनेको छ, यो असाध्यै असुरक्षित महसुस गर्ने अवस्था छ । उपेन्द्र यादवकै शब्द सापट लिएर भन्दा जनकपुरको भेटीले मात्रै प्रदेश चल्दैन ।
समग्र सीमांकन पुनरावलोकन गर्ने हो भने दुई नम्बर प्रदेशको पनि गर्नुपर्छ । अहिले हामीले यो संशोधन र हेरफेर आवश्यक छैन, पहिले संविधानको कार्यान्वयन गरौं भनेका छौं । तर, दुई नम्बर प्रदेशको संरचनाले सहअस्थित्वलाई टेवा र्पुयाउने खालको छैन ।
  • एस काठमाडौं 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: