मिसन रत्नपार्क :यौनकर्मी भन्छन्, 'पुलिससँग त पूरै सेटिङ हुन्छ'


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - ठमेलको एक होटलमा भएको पत्रकार भेटघाट कार्यक्रमपछी अर्थ सरोकार टिम रत्नपार्कमा हुने गरेको यौन व्यापार सम्बन्धी स्टोरी बनाउन रत्नपार्क पुग्यो । हुन त ठमेलपनि यौन बजारकालागि अखडानै हो। तर यहाँका यौनकर्मीहरु अलि भीआईपी र पैसावालहरुका लागि हुने गरेका छन् । 

हामीलाई खोज्नु थियो तल्लो तहका ग्राहकसँग 'डिल' गर्ने यौनकर्मीहरुको कथा । र त मोड्यौ हाम्रो सवारी उतैतिर । रातको ८ बजेको थियो । एउटा रङ्गीन रात्री जीवनको सुरुवात । खुलमखुल्ला फष्टाएको यौन बजार र ग्राहक खोज्न हिंडेका यौनकर्मी । थरि थरिका रेट, थरी-थरीका यौनकर्मी । थोरै महिला, अधिकांस तेश्रो लिंगी । ड्राइभरदेखि मजदुरी काम गर्नेहरुको यौन प्यास मेटाउने भोक । 

सबैका आ-आफ्नै धुन । यहि क्रममा हामी पनि बुझ्न लाग्यौ यौनकर्मीका यथार्थ । र हामी पनि ग्राहकझैं बनेर सुरु गर्यौं वार्तालाप । र भेट्यौं केहि यौनकर्मीका यथार्थ :

पात्र नम्बर १ : मिसेस टु थाउजेन्ड 
'हामी बसेको ठाउँमा ' आउंदै केहि कामुक भएर सोधिन् उनले, 'जाने हो ?'
'रेट कति ?' हाम्रो प्रश्न थियो ।
'२००० हो । एक घन्टाको । 'होल नाइट ३५००' उनले उत्तर फर्काइन् ।
'लैजाने कहाँ हो ?' हामीले पुन: प्रश्न गर्यौं ।
'बागबजार' मुन्टो उतातिर फर्काएर उनी बोलिन् ।
'रिस्क त हुन्न नि ?' हामीले फेरी सोध्यौं ।
'रिस्क भए त हामीलाई पनि हुन्छ नि ! पुरै 'सेफ छ' उनी बोलिन् ।
'रेट मिलाउनुपर्यो ।' हामी बोल्यौं ।
'कति जना ?' उनले सोधिन् ।
'हामी दुइ' हामीले उत्तर फर्कायौं ।   
'होल नाइट हो ?' उनको प्रश्नमा हामीले 'हो भन्यौं'

'३००० गर्दिनुस न त !' उनको प्रश्न ।
'२००० नै गरौँ न । होल नाइट' हामीले उत्तर फर्कायौं ।
'उनी राजी भइन् । 

हामी चुरोट किनेर आउने बहाना गर्दै त्यहाँबाट निस्क्यौं ।

झट्ट हेर्दा उनी २५ काटेकी थिईनन् । लैनचौर लैजान्छु भन्थिन् । 'हाम्रो आफ्नै रुम छ । पूरै सेफ ' उनको यो बोली सँगै नेपालमा यौन बजार कति खुलेआम भइरहेको छ भन्ने कुरा स्पष्ट पारेको छ ।   

पात्र नम्बर २ : मिसेस रत्नपार्क 
रत्नपार्क छिर्ने गेट नजिक, उनको हाउभाउ फरक थियो । तेश्रो लिंगी हुन् भन्ने स्पष्टै देखिन्थ्यो । हामी उनीतिर अगाडी बढेपछी उनी आफैंले सोधी, 'जाने हो ?' र सुरु भयो हाम्रो वार्तालाप 

रेट कति ?
१५०० एक घन्टाको ।

अनि होल नाइट ?
४०००। 

बस्ने कहाँ ?
लैनचौर ।

पुलिसको डर हुन्न ?
सब सेटिङ छ ।

'होल नाइट बस्ने हो, रेट मिलाउँ न ।'
'ल ४००० मा डन्। 

तिनी राजी भइन् । हामीले फेरी उही चुरोट किन्ने बहाना गरेर भाग्यौं ।

यो सिलसिला केहि यौनकर्मी सँग चल्यो । फरक फरक पात्र । कसैले लैनचौर त कसैले बागबजारमा आफ्नै कोठा लिएका, कोहिले गेष्ट हाउस मिलाएका । रेट आ- आफ्नै । २०० देखि ५००० सम्म । थरी थरीका यौनकर्मी । यस्तै रहेछ रत्नपार्कको वास्तविकता ।

यौनकर्मीको दावी : पुलिसकै सेटिङ
यता यौनकर्मीहरुले आफ्नो पेशामा पुलिससँगको  सेटिङ हुने गरेको दावी गरेका छन् । 'बागबजारको एक लजमा धन्दा चलाउने बताउने एक यौनकर्मी भन्छिन्, 'रत्नपार्कबाट बागबजार त चाहे फलो गरेर भएपनि समातीहान्छन् नि ! सबै  सेटिङ हुन्छ । यहाँ आउने प्रहरी, थर्काएजस्तो गर्ने व्यवहार सबै नाटक हुन् । '
तस्विर : गुगल 


प्रकाशित : Wednesday, December 21, 2016

recent

Popular Posts