त्यसपछि म उसकी भएँ, र उ मेरो...!

  • ऋतु बराल

'यसपाली त विवाह गर्नुपर्छ है रिदम , पोहोर साल त नाई भनिस्, यसपाली त नाइ भन्न पाउंदिनस् ।' भन्दै घरतलकि दिदी कराउँदै थिइन् । 

'नाइ म त गर्दिन' भन्दै म घरतिर हिंडे । 

त्यतिकैमा एक जना दाइ आईपुग्नुभयो । 
'होइन, के हुँदैछ घरमा ?, खोइ त रिदम, आमाबाबा, कता जानुभयो ? भेट हुनै गार्हाे ?' दाइले भन्नुभयो । 

'बाबा अपिस जानूभो । आमा आाज बजार जानुभएको छ ।'  म कुर्ची लिन भित्र पसे ।

दाइसँग एक अपरिचित युवकपनि थिए । को हुन ती युवक भनेर जान्न पनि चाहिन मैले । ढिलो भएजस्तो गरी अब जान्छौं आमालाई भेट्न भोलि बिहान आउछु है, त ल राम्रोसँग बस भन्दै दाइ निस्कनुभयो ।

भोलिपल्ट बिहानीपख खाना खाएर बाहिर आगँनमा बसेर फेसबुक खोलेकी थिए । एउटा फे्न्ड रिकोएष्ट आएको रहेछ । नाम 'डेभिड डेभिड' थियो , सरसर उसको प्रोफाइल हेरे, कता-कता देखे जस्तो भयो । हाइ मलाइ चिन्यौभन्दै उताबाट 'मेसेज' आयो ।

'हिजो दाइसँग हाम्रो घर आउनुभाको हैन हजुर ?' भन्दै उत्तर  दिए ।
'हो, म किन आएको थाहा छ तिम्रो घरमा ?' उसले प्रश्न गर्यो । 
डराएझैं गरेर उत्तर दिएँ,  'नाई ! थाहा छैन ।'

'ए होर ? थाहा भएरनि लुकाएको होकि साच्चै थाहा नभएको ?'  उताबाट प्रश्न आयो । 
थाहा भएको भए भनिहाल्थे नि ! मैले जवाफ फर्काएँ ।

'म त तिमीलाई  हेर्न आएको हो नि ! ',डेभिडले भने । 
'मलाई हेर्न रे , हेर्न आउने मान्छे सुटुक्क आउछन् त । पहिलै भनेको भए म मेकअप गरेर बस्थेंनि मैले जिस्किदै भनें । 

घरकालाई मतलब छैन छोरीको विवाहको कुरा छिमेकीलाई कति हतार हुनी हो कुन्नी ।  एकछिन त मलाई रिस पनि उठ्यो ।  आफुलाई केटा हेरेर गई सकेछ ।  तर म आफैलाई थाहा छैन ।  कस्तो अच्चमको कुरा ।
  
मैले डेभिडलाई विवाह गर्न मन नभएको सुनाएँ । छैन भने ती दाइले मलाई किन देखाउन लागेको त ?  
'सायद तिम्रो आमा बाबुलाई थाहा होला'  जवाफ लेख्दैथिएँ । 

मपनि अच्चम परें ।  घरमा विवाहको कुरा चलेकै थिएन । चलेको भए मलाई थाहा हुन्थ्यो । आमा बाबुले मलाई कुरा लुकाउनु हुन्थेन भनेर स्पष्ट भनें । दाइले आमालाई बिहेको कुरा चलाएछन् । आमाले अहिलेनै गर्ने होइन भन्नुभएछ । 

केटा राम्रो छ भनेर फकाइवरी दाइले त आमासँग मेरो जन्म नाम, महिना र साल पनि मागेर हेराइसकेछन् । हेराउदा सबै मिल्यो रे , नारी पनि लाएन रे, बिस गुण मिल्यो रे  डेभिडले फेसबुकमा यी कुरा बताउदा छक खाएँ ।

उसको बोली , कुरा गर्ने तरिका मलाई सबै राम्रो लागिरहेको थियो । एक दुई जना आफुभन्दा ठुला व्यक्तिलाई पनि भने विवाहको बारेमा सबैले अब गरे हुन्छ भन्ने कुरा गरे तर मलाई भने यति छिटो गर्न मन थिएन । तेस्रो बर्ष सकिन आटेको थियो बिएडको । मेजर इङ्ग्लिश र स्वास्थ लिएर पढेकी थिएँ । मलाई माष्टर्स पढ्न मन थियो । विवाहपछि पढ्न पाइन भने टेन्सन हुन्छ, यो बिषयमा म अलि सियस भएँ र डेभिडसँग कुरा राखें । 

'तिमीले पढ्उछौ भने म बिहे गर्ने राजी हुन्छु, तर तिम्रो  बिचार मलाइ पढउने छ कि नाइ , यो बुझ्न मलाइ जरुरी छ । '  मैले डर नमानी सोधें ।  चलिरहेको पढाईलाई म अधुरो राख्न चाहान्नथें । उसले मलाइ मेरो इच्छा भइन्जेल पढ्उने कुरा गर्यो ।  डेभिडले एकदिन भेटौं भन्दै थियो, मलाईचाहिँ कताकता डर लाग्यो मैले अनकनाउदै 'नाई' भने । बिबाह भएन भने झ्याउँ हुन्छ । 'विवाह फिक्स भएसी भेटौंला ' डेभिड आफैले भनी रहेको थियो । 

म अफलाईन भएँ । अफलाईन हुनेवितिकै दाइको फोन आयो । दाइलाई मसगँ खुब काम भएकोजस्तो गरेर आज मलाई भेट त यतै मेरो घरमा आईजा त भन्नूभयो ।  

'हुन्छ म आईहाल्छु ।' भनेर म तयार भएर निस्कन लाग्दै थिएँ , मनमा विभिन्न कुरा खेले विवाह गर्नु मेरो लागि ठुलो कुरा थियो ।  'खाना पकाउन नआउने म कसरी घर समाल्न सक्छु !, मेरो त केही गर्ने ढङ्ग पनि छैन ।' विवाह पछिको जीवन खुब जटिल देखे, सबैले भन्थे घर गरीखाने सानो तिनो कुरा हैन , सबैको ख्याल राख्नु पर्दछ । आफ्नी आमासगँ बोले जस्तो हुन्न सासू सँग, यिनै कुराहरूले मेरो मन चिसो बनाउँथ्यो । 

दाइ घर अगाडि बसिरहनु भएको थियो । सायद मेरो बाटो कुरिरहनु भएको लाग्यो । भाउजूपनि घरमानै हुनुहुदोरहेछ, बस् भन्दै भाउजुले सोफा तिर हातले ईसारा गर्नुभयो । 'अस्तिसम्म फुच्ची लाग्थ्यो ल हेर कालीको विवाह गर्ने बेला भईसक्यो' भन्देै मलाई हेर्दै दुवैजना जिस्काउंदै हास्ँनुभयो ।

मलाई कता-कता लाज लागेजस्तो भयो । दाइ मेरो नजिक आउनुभयो र डेभिडको कुरा गर्ने लाउनुभयो , 'हेर रिदम, म तिम्रो नराम्रो होस भन्ने चाहादिन डेभिड राम्रो केटा छ , उसको परिवार पनि बुझ्ने , राम्रा छन् तिमीले नाई नभन' भन्दै दाइ मेरो छेउ आईपुग्नु भयो । म चुपलागेर बसे मेरो मुखबाट कुनै शब्द फुटेन्न , मेरो मोैनता देखेर होला , तिमीलाई के चिक्त बुझेन स्षट भन भन्दै गोजीबाट मोबाईल निकाल्नु भयो । आज तिमीहरू भेटेर कुरा गर सोध्न मन लागेको सोध । म डेभिडलाई यहि बोलाउछु अहिलेनै त्यो आइहाल्छ भन्दै गर्दा फोनको घन्टि गयो.... टिररटिर्र ।

म त डरले निलो र कालो भए हाम्रो भेट, मबाट पहिलो चोटि थियो भने डेभिडको चाहिँ दोस्रोचोटि थियो । दुईजना ल गफ गर , मनमा लागेको कुराहरू दुबैले व्यक्त गर भनेर दाइ र भाउजू बाहिर निस्कनुभयो । के सोध्ने के सोध्ने दिमागमा केही आएन उसको अनुहारमा हेर्न पनि सकिरहेको थिईन, सायद उसलाईपनि त्यस्तै भयो होला । आखिर हाम्रो भेट भएरै छाड्यो है सायद भगवानलाई नै भेटाउने ईच्छा रहेछ क्यारे डेभिड मलाई हेर्दे भनिरहेको थियो ।

म भने मोवाईल चलाउदै तल हेरिरहेको थिए । किन नबोलेको बोल न किन हाँस्छौ मात्र , केही कुरा भए भन न तर नबोली चाहिं नबस  , भनेर नानाथरी भन्दै हसाँउदै थियो डेभिड ।

मनमनै सोचे कस्तो चटपटे मान्छे रहेछ । 

के भयो कुरा कि कुरै गरेनउ भन्दै ढोका खोलेर दाइ भित्र आउनु भयो । हेर्नू न हजुरकि बहिनी त हाँस्छिन मात्र केहीे बोल्दिनन् त्यसैले रिदमले केही नसोधिनि मैले मेरो कुरा सबै भनिदिएं ।  मतिर हेर्दै डेभिडले सुनाईरहेको थियो ।

म भुईमा हेरिरहेकी थिएँ  । उसैको जुत्ता हेरेजस्तो लागे छ क्यार, उसले आफनो खुट्टामा कालो क्नभरस जुत्ता देखाउंदै भन्यो, 'फाटेको जुत्ता!, मैले फाटेको जुत्ता लाएको भएर हेरेको हो कि के हो , घरमा गएर अरुलाई नभन ल फाटेको जुत्ता लाएर आको भनेर' भन्दै हसाउदै थियो ।

उसको नजिक हुने तरिका हासँने र हसाउँने स्वभाव  देखेर उ प्रति म नजिकीदै थिएँ । उसलाई आफनो ठानसकेको थिए । भाउजुले चिया ल्याउनु भयो । चिया पिएर म निस्किएं । अब हाम्रो फोनमा पनि छोटो कुरा हुनथाल्यो । फोनमा र च्याटमा म बोल्न सक्थे तर रियल भेट हुदाँ बोल्नै सक्दिन्थे ।

मैले सोचे जस्तै रोम्यानटिक थियो उ , फेरि यस्तो केटा पाईन भने भन्दै विभिन्न कुराहरूको द्वन्द्व खेल्न थाल्यो मनमा । मैले आमालाइ केटासँग भेटेर कुरा भएको बताएँ  । केटा चित्त बुझ्योभने गरे हुन्छ तर बिबाहपछिपनि पढाउनुपर्छ यो कुरा केटासँग राखिस,' भन्दै कपाल मुसारनु भयो ।  

'मैले हाँस्दै भनें, 'पढाईको कुरा गरेको छु । पढाउँछु, म धोका दिन्न, ठुला सपना नदेख मसँग, तर सानै कुराले तिम्रो मन नदुखाई जीवन भर खुशी राख्छु' भनेको छ ।

आमा मलाई डेभिडका यिनै कुराहरू मन परेको हो उ राम्रो छ आमा त्यतिकैमा डेभिडको फोन आयो । 'कसको फोन भन्दै आमा कानसम्म सुन्नै आउनुभो , म मुसुक्कै हाँस्दै  'डेभिडको हो' भनेर छतमा गएँ ।

'भोलिनि भेटौं न !' उ बोल्यो ।
'हुन्छ' मैले अरु केहि बोलिन ।

बिहान १०  बजे म घरबाट निस्किएँ । उसलाई भेट्ने बित्तिकै उसले भन्यो, 'लौ हिड, आज हाम्रो फर्स्ट डेट विन्दवासिनि जाउँ। '

बाटोतिर आफु भई कुनातिर मलाई राख्यो । के बोल्ने के बोल्ने म त ट्वा परे लाज पनि लाग्छ उ खाली मलाई बोल न तिमी भन्छ ।  बिचरो हार खाएर होला बिहेपछि बोल्ने बनाउंछु ।  धेरै त हैन् थोरै बोल्ने बनाउंछु भन्दै हिडिरहेको थियो । बल्बल मन्दिर पुग्यौं ।  तलको चौतारिमा टुसुक्क बस्यौ ।  उ मलाई कता छोईन्छ कि जसरी अलि टाढा बस्यो । गफ हुन थाल्यो ।  उ बारबार भन्थ्यो, 'अन्त केटि हेर्न जान मन लागेन ।  सुरुमै तिमीमै मन गयो आदि इत्यादि।   म मुसुमुसु हाँसीरहें । 

केहीछिनमा उ भावुक हुँदै भन्यो 'जिवनभर यस्तै हाँसेको देख्न पाँउ ।' उसले यसो भनिरहदाँ जिवनभर मायाको कमि हुन दिने छैन् , साथ नछोड मेरो पक्कै जिबनभर तिमलाई नि खुसी दिन्छु भन्न मन त लागेको थियो तर बोलीनै फुटेन उसको सामु । 'हेर रिदम म तिमीलाई पढाउने छु पढाइ रोके भने मेरो भरोसा कहिले नगर , तिमी जति पढ्न सक्छौ त्यति म पढाउछु। '  उ बाचा गरिरहन्थो ।

कुराकानी मिलिसकेर हाम्रो ईन्गेजमेन्ट हुने दिन तयार भयो । डेभिड खाली भेट्न चाहान्छु भन्थ्यो ।  हुन त मेरो मन पनि नभाको त कहाँ होर ईन्गेजमेन्ट हुनुभन्दा अगाडि हामी कफि सपमा भेट्यौं ।  कफिसगँको मायापनि कडा हुँदैथियो , कफिजस्तै मिठो थियो माया । अनि कफिजस्तै स्वादिष्ट , दुरुस्तै कफिजस्तै गाडाँ प्रेम ।  हेर्दाहेर्दा ईन्गेजमेन्ट पनि आयो ।  लौ डेभिड मेरो भएरै छाड्यो ।  अब यो माया प्रेम छुट्छ भन्ने डर पनि भएन ।  केही दिनपछि हाम्रो बिबाह भयो डेभिड सदाको लागि मेरो भयो, अनि म डेभिडको ।
प्रकाशित : Wednesday, December 14, 2016
,

recent

Popular Posts