×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सहकारीको सदस्य बन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिने कि !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २६ मंसिर २०७३, आईतवार

PRIME CA
laxmi sunrise bank

सहकारीको सदस्य बन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिने कि !

सहकारी । अहिले नेपालमा फष्टाएका केहि कुराहरुमध्येका एक । भैपरी आइपर्ने गर्जो टार्न होस् वा व्यवसायलाई अझै मजबुत बनाउन, सहकारी राम्रो विकल्प बनेको छ । बैंकमा ऋण लिने प्रक्रिया लामो हुनुले पनि साना व्यवसायीहरुलाई सहकारी राम्रो विकल्प बनिरहेको छ । तर त्यहि सहकारीमा थुप्रै विकृतिहरु पनि आइरहेका छन् । कानुन त : एउटा कामका लागि अवधारणा ल्याइएको भएपनि आजकल कति ठाउँमा सहकारी ‘फटाहा’ निस्किएका छन् त कतै सहकारीका सदस्य ।

तपाईंपनि कुनै सहकारीको सदस्य बन्दैहुनुहुन्छ वा कुनै पनि सहकारीमा बचत गर्न लाग्नुभएको छ भने केहि कुरा बुझेर मात्र अगाडी बढ्नु राम्रो हुन्छ । तीनै बुँदाहरु हामीले एक सहकारी संस्था को फेसबुक एकाउन्टबाट साभार गरी सम्पादित अंश प्रस्तुत गर्ने प्रयास गरेका छौं ।
      

  • सहकारी संस्थाको कार्यालयमा गई संस्थाको साइन वोर्ड र दर्ता प्रमाणपत्र हेरेर मात्र शेयर खरिद गर्नुहोस्। 
  • शेयर खरिद गरेपछि तपाई संस्थाको सदस्य बन्नुहुन्छ । सदस्य बनेपछिमात्र वचत तथा ऋण र अन्य कारोवारमा संलग्न हुनुहोस् ।
  • दर्ता नभएको, प्रमाणपत्र र कार्यालय स्थापना नभएको सहकारी संस्थाको सदस्य नवन्नुहोस् ।
  • संचालक समिति तथा लेखा समितिका पदाधिकारी तथा सदस्यहरुको नाम, ठेगाना, निर्वाचन भएको मिति र अवधिवारे जानकारी लिनुहोस् ।
  • कार्यावधी समाप्त भईसकेका संचालक समिति भए सदस्य नवन्नुहोस् ।
  • संस्थाले प्रत्येक वर्ष साधारण सभा लेखापरिक्षण गराएको छ छैन ? बुझ्नुहोस् । यस्तो नगर्ने संस्थाको हिसावकिताव पारदर्शी नहुनेहुंदा सदस्यता नलिनुहोस् ।
  • सहकारी संस्थाको कार्यक्षेत्र तपाई बसेको क्षेत्रमा पर्छ पर्दैन ? सो बुझेर कार्य क्षेत्रका स्थायी वसोवास भएका मानिसहरु मिलेर स्थापना गरेकोे सहकारी संस्थाको मात्र सदस्य वन्नुहोस् ।
  • एकै घर परिवार र नाताका मानिसहरुमात्र संचालक भएका वा एकै परिवारका एकभन्दा वढी संचालकहरु भएका संस्था पारिवारिक संस्था हुन् । त्यस्तो संस्थामा सदस्य नवन्नुहोस् ।
  • तपाईको उदेश्य र पेशासंग सम्वन्धित वा मिल्दोजुल्दो संस्थाको मात्र सदस्य वन्नुहोस् ।
  • एकै प्रकृतिको एकभन्दा वढी संस्थाको सदस्य नबन्नुहोस् र सदस्य भएको संस्थामा सक्रिय सहभागिता जनाउनुहोस ।
  • सदस्य नवनी वचत, ऋण तथा अन्य कारोवार गर्नु भयो भने तपाईले संस्थाको हर हिसाव हेर्न पाउनुहुन्न । किनकी सेयर खरिद गरेपछिमात्र तपाई संस्थाको मालिक वन्नुहुन्छ । शेयर खरिद गर्नु भएको छैन भने तपाई खाली ग्राहक हो । त्यसैले सेयर खरिद गर्नु तपाईको पहिलो कर्तव्य हो ।
  • कुनैपनि संस्थाकोवारे राम्ररी बुझेर मात्र शेयर खरिद गर्नुहोस । छरछिमेक, आफन्त वा अरुको लहै लहैमा लागेर सदस्य वन्नुभयो वा वचत मात्र जम्मा गर्नु भयो भने तपाईलाई धोका पनि हुन सक्छ ।
  • सदस्यहरुमा विभेद गरिएको संस्थाको सदस्य नवन्नुहोस ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: