×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिन्धुली महोत्सव पुष दोस्रो सातादेखि

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २९ मंसिर २०७३, बुधबार

PRIME CA
laxmi sunrise bank

सिन्धुली महोत्सव पुष दोस्रो सातादेखि

काठमाडौं–सिन्धुली उद्योग बाणिज्य संघले आगामी पुसको दोस्रो साता सिन्धुली महोत्सव गर्ने भएको छ । संघले राजधानीमा मंगलबार पत्रकार सम्मेलन गरी आगामी पुस ७ देखि १७ सम्म महोत्सव गर्ने जानकारी दिएको हो । 
सम्मेलनमा संघका अध्यक्ष बिनेश श्रेष्ठले सिन्धुली जिल्ला ऐतिहासिक, सामाजिक, भौगोलिक, सास्कृतिक, तथा सुन्दरताको भण्डार रहेको बताउँदै त्यसको उजागर गर्न महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । 
सिन्धुलीगढीमा अंग्रेजलाई पराजित गरेर नेपाललाई सधैं स्वतन्त्र राख्ने गोर्खालीको इतिहास बोकेको सिन्धुलीलाई जुनारले समेत मुलुकभर चिनाएको छ,’ उनले भने, ‘सिन्धुलीका उत्पादन र पर्यटकीय स्थलको प्रबर्धन गर्न सिन्धुली महोत्सव गर्न लागेका हौं ।’ 
महोत्सवको उद्देश्य :
  •  जिल्लाको धार्मिक एवं ऐतिहासिक पर्यटकीय क्षेत्रहरुको इतिहास तथा महत्वबारे आन्तरिक      पर्यटकहरुलाई जानकारी गराई जिल्लाको धार्मिक एर्व ऐतिहासिक पर्यटन प्रवर्धन गर्ने ।
  • सिन्धुली जिल्लाभित्रका साना उद्यमीहरुको उत्पादनलाई प्रचारप्रसार गरी वजार निश्चित गर्ने । उत्पादनको लेखाजोखा गरी बैकिङ्ग निकायहरुलाई साना उद्यममा लगानी गर्न उत्साहि वनाउने ।
  •  जिल्लाको कृषि तथा पशु क्षेत्रका उत्पादनहरुको वजार ब्यवस्थापन गर्ने । उपभोक्ताहरुमा उत्पादनको गुणस्तरताको प्रचार प्रसार गर्ने । आन्तरिक उत्पादनको प्रयोग गरी उपभोक्ताको वचत र क्रय शक्ति बढाउने ।
  •  जिल्लामा उपलब्ध कच्चा पदार्थ, उद्यमशीलता र ठूला वजारहरुसँगको सन्निकटताले ठूला उद्योग संचालन गर्न लगानीकर्ताहरु आकर्षित गर्ने ।
  •  व्यवसायीक अवसरको सृजना गराउने ।
  •  स्थानीय परम्परागत शिप कला र संस्कृति तथा लोक सांस्कृतिकको जर्गेना गर्ने ।
  •  स्थानीय पर्यटकीय स्थलहरुको प्रचारप्रसार गरी आन्तरिक तथा वाह्य पर्यटन भित्र्याउने ।
  • कृषि, जडिवुटी पेशा, हस्तकला पेशालाई व्यवसायिक रुपमा उन्मुख गराउने ।
  • स्वदेशी उत्पादन तथा सेवाहरुको उपभोतmाहरुलाई जानकारी गराउने ।
  •  जिल्लामा रहेका विभिन्न खानीहरुबारे जानकारी गराउने ।

 महोत्सवका आकर्षणहरु :
 ब्यापार :
  • जिल्लाले विशिष्टता प्राप्त गरेका स्थानीय कच्चा पदार्थबाट निर्मित बाँस, काठ, दूधजन्य वस्तु तथा ढाका र अल्लोका कपडाहरुको प्रदर्शनी तथा विक्री । 
  • सिन्धुली जिल्लाका मौलिक उत्पादनहरुको प्रतियोगितात्मक प्रदर्शनी ।
  •  मध्यमान्चल क्षेत्रका जिल्लाहरुका विभिन्न ब्यावशायिक सामानहरुको प्रदर्शनी तथा विक्री ।
  • फलफूलको क्षेत्रमा सिन्धुली जिल्लाले विशिष्टता हासिल गरेको जुनार बजारको ब्यवस्था ।
  • कृषिजन्य उत्पादनको प्रदर्शनी ।
  • सूचना प्रविधी तथा अटोमोवाइल्सको प्रदर्शनी
  •  हस्तकला प्रर्दशनी तथा विक्री ।
  •   वित्तीय संस्था तथा अन्य सेवामूलक संघ संस्थाहरुको सेवाबारे जानकारी ।

 अवलोकन : 
  • जिल्लाको प्रमुख धार्मिक आस्था र ऐतिहासिक केन्द्र काली कमलामाईको दर्शन ।
  • ऐतिहासिक, धार्मिक स्थल तथा जिल्लाको मनोरम दृष्यावलोकन हुने शिद्घबावा मन्दिरको दर्शन
  •  ऐतिहासिक एवं शक्तिपिठ भद्रकाली मन्दिरको दर्शन ।
  • नेपाली पुर्खाहरुले आफ्नो त्याग र उत्सर्ग गरेर राष्ट्रिय स्वतन्त्रता र अखण्डता कायम गर्न लडेको विख्यात सिन्धुली गढीको अवलोकन तथा ऐतिहासिक अध्ययन ।
  • ऐतिहासिक सिन्धुलीगढीवाट गौरीशंकर हिमालको मनोरम दृष्य अवलोकन ।
  •   हिमवत खण्डमा उल्लेखित पवित्र कौशिका र रोशमती नदीको किनारमा अवस्थित कुशेश्वर महादेव दर्शन ।
  • ऐतिहासक धार्मिक स्थल लाङ्ग¥याङ्ग डाँडाको अवलोकन तथा ऐतिहासिक अध्ययन
  • फिक्कल डाँडा र हरिहरपुरगढीको अवलोकन ।

 यात्रा :
  • सिन्धुलीमाढी सदरमुकामबाट करिव १.५ घण्टाको पैदलयात्रा गरेर धार्मिक एवं रम्य वातावरणबाट तराई तथा अन्य स्थानहरुको अवलोकन गर्न सकिने समुद्री सतहबाट करिव ९०० मिटरको उचाइमा अवस्थित प्रशिद्घ शिद्घबाबा मन्दिरसम्मको यात्रा ।
  • सिन्धुलीमाढीबाट खुर्काेटसम्मको ३९ किमि विपि मार्गमा यातायातका साधनबाट रोमान्चकारी यात्रा तथा सुनकोशी नदीको मनोरम दृष्यावलोकन ।
  • ऐतिहासिक हरिहरपुरगढीसम्मको पैदल यात्रा ।
  • सिन्धुलीको प्रशिद्घ जुनार क्षेत्रको अवलोकन । वोटबाटै जुनार टिपेर खाने प्रवन्ध ।

  धर्म संस्कृति तथा चालचलन :
जिल्लाका जातिगत विविधताको प्रदर्शन, तामाङ्ग सेलो र नृत्य प्रदर्शन, माझी-दनुवार-सुनुवार संस्कृति तथा चालचलनको प्रदर्शन, लोपोन्मुख हायू जातीको भेषभुषा तथा चालचलनको प्रदर्शन, वालन भजनको प्रतियोगितात्मक प्रदर्शन, मगर भेषभुषाको प्रदर्शन, नेवारी लाखे नाचको प्रदर्शन ।
मनोरंजन :
  • सिन्धुली महोत्सव अवधिभर विविध सांस्कृतिक कार्यक्रमको प्रदर्शन । 
  • ख्यातिप्राप्त कलाकारहरुविच दोहोरी गीत कार्यक्रम ।
  •  अन्तरविद्यालय नृत्य प्रतियोगिता । 
  •  विभिन्न झाँकी तथा प्रवेशद्वारहरुको प्रदर्शन ।
  • वाल उद्यानको ब्यवस्था ।

 विभिन्न रोमान्चकारी सर्कसहरु, पिङ, मौतका कुवा इत्यादिको ब्यवस्था ।
 व्यवसायिक अन्तक्रिया :

  •  उद्योग, पर्यटन, कृषि सम्वन्धी अन्तरक्रिया कार्यक्रम । 
  •  प्रवेश टिकटमा पुरस्कारको व्यवस्था । 
  • क्रेता विक्रेताबीच अन्तरक्रिया कार्यक्रम ।

 प्रदर्शन हुने वस्तुहरु  :
कृषिमा आधारित बस्तुहरु प्रदर्शनी, दैनिक उपभोग्य सामानहरुको प्रदर्शनी, गार्मेन्ट प्रदर्शनी, सूचना तथा ईलेक्टोनिक्स प्रदर्शनी, हस्तकला तथा औद्योगिक सामानहरु प्रदर्शनी, जडीबुटी प्रर्दशनी, सेवा व्यवसाय प्रदर्शनी, बनपैदावार प्रदर्शनी, अटोमोवाइल्स प्रदर्शनी, निर्माण सामग्री प्रदर्शनी, घरेलु उद्यमी सामानहरु प्रर्दशनी ।
लक्षित अवलोकनकर्ताहरु :
सिन्धुली महोत्सवमा करिव ५ लाख दर्शकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । अधिराज्यभित्रका आम उपभोक्ताहरु, उद्योगी, व्यवसायीहरु, वित्तिय संघ, सस्थाहरु, स्कुल, क्याम्पसका विद्यार्थीहरु तथा शाोधकर्ताहरु सरकारी तथा गैरसरकारी संस्थाहरु, अनुसन्धानकर्ताहरु विषयगत रुपमा लाभान्वित हुनेछन् ।
छिमेकी मुलुकका उद्योगी, व्यवसायीहरु तथा अन्य । 
 प्रवेश टिकट दर :
  • अन्य आगन्तुकका लागि रु ५०।–
  • विद्यार्थीहरु एकल महिलाहरुको लागि परिचय पत्रमा रु ३०।–
  • पूर्ण अपाङ्ग र जेष्ठ नागरिकका लागि परिचय पत्रका साथ आए निशुल्क प्रवेशको ब्यवस्था । 
  • मेला अवधिभरका लागि २००। को स्थानिय पास वितरण गरिने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: