×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘हल्लाकै भरमा इन्सुरेन्स कम्पनीमा लगानी गर्नेहरु यसरी डुब्ने भए’ दुर्गा प्रसाद काफ्लेको विश्लेषण

  • दुर्गा प्रसाद काफ्ले 
बिमा ऐनको प्रस्तावित मस्यौदामा राखिएको बिमा कम्पनीहरूको चुक्ता पुँजीको सीमा हटाइने भएपछी हल्लाकै भरमा सेयर किन्नेहरुको हालत अव के होला भन्ने कुरा मैले प्रष्टाईरहनु नपर्ला । सेयर बेच्नकै लागि केहि तस्करहरुले चलाएको हल्लाको पछी लागेर इन्सुरेन्समा लागानी गर्नेहरु टाँट पल्टिने त भएका छन् नै, त्यो भन्दा ठुलो कुरा, ‘सेयर बजारमा हल्लाको भरमा लगानी गर्नुहुन्न र दुर्गा प्रसाद काफ्लेले पनि नसोची बोलेको हुँदैन भन्ने कुरा अझ प्रष्ट भएको छ । 
मस्यौदाको दफा ४० कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी सम्बन्धी व्यवस्था गरिएको थियो तर त्यसको निर्णय भएको थिएन । जसका कारण सेयर बजारमा बिमा कम्पनीहरूको सेयर मूल्य उच्च दरले बढेको थियो । यसरी मस्यौदा तयार गर्दा नै सेयर बजारका केहि तस्करहरुको मिलेमतोमा गरिएको थियो भने त्यतिबेला नै, सेयरको भाउ बढाउने, आफु बेचेर कामाउने अनि सानालाई फसाउने योजना थियो ।
मैले यस विषयमा बोल्दा मेरो धेरै बिरोध पनि भएको थियो । तर सत्य एक हुन्छ, र तीतो हुन्छ भनेजस्तै मैले इन्सुरेन्स कम्पनीमा लगानी नगर्नु भनेको कुरा सत्य सावित भएको छ । यस अघिको बिमा ऐनअनुसार जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी २५ करोड र निर्जीवन बिमा कम्पनीहरूको चुक्ता पुँजी १० करोड तोकिएको थियो । तर, पछि समितिले जीवन बिमा कम्पनीलाई ५० र निर्जीवन बिमा कम्पनीहरूलाई २५ करोड रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो ।
त्यो सबै चालवाजी थियो । यता नियम बनाएजस्तो गर्ने उता आफु कमाउने धन्दा थियो । अब यी सेयरहरुको मूल्य कति होला ? थारो गाईले दुध दिन्छ भन्ने सोच्नुनै मुर्खता थियो । बर्षौंदेखि एजीएम गर्न नसक्नेहरुको हालत अव के होला ? साना लगानीकर्ताहरु त फसे नै, यसको जवाफ सम्बन्धित निकायले दिनुपर्छ । राइटकै भरमा लगानी गर्नेहरुको बिल्लीबाठ हुने निश्चित छ । यसको जिम्मा कसले लिने । 
बैंकले बढी ब्याज दिइरहेको छ । इन्सुरेन्स कम्पनीको सेयरको भाउ घट्ने निश्चित भएको छ । त्यसैले मैले भन्ने गरेको ‘बजार १२०० मा आउँछ’ भन्ने कुरा सत्य सावित हुने भएको छ ।  कुरा सुन्नु सबैको भन्छन्, मेरो कुरा न्सुन्नेहरु फसेकै हुन् । बाँकी त तपाईंहरुकै मर्जी !
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: