×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नक्कली नै त हो त हिमालयन बैंकका सीईओको सर्टिफिकेट ?

हिमालयन बैंकका सीईओको सर्टिफिकेट नक्कली भएको उजुरी अख्तियारमा परेपछि बैंकका सीईओको पद धरापमा परेको काठमाडौँबाट प्रकाशित हुने राजतिलक साप्ताहिकले दावी गरेको छ ।
पत्रिकामा लेखिएको छ, ‘हिमालयन बैंकका सिइओ अशोक राणाको पद धरापमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिइओ राजा साब बिरुद्ध एस.एल.सि. र आई.ए.को सर्टिफिकेट नक्कलीको बारेमा परेको उजुरी छानवीन पछि मुद्दा दर्ता गर्ने तयारी गरेसँगै हिमालयन बैंकका सिइओ राजा सावको पद धरापमा परेको हो ।
अख्तियारले राष्ट्र बैंक मार्फत उनीको शैक्षिक प्रमाण–पत्र झिकाई छानवीन गरेको थियो । तत्कालीन राणाहरु नेपाल छाडेर विदेश भागेको बेला अशोक उनको बुबा हिमालयन शम्शेरसँगै लण्डन पुगेका थिए । उनीले उतै पढेर नेपाल आए र हिमालयन बैंकमा सुपरभाइजर पदमा जागिर शुरु गरेका थिए ।
नेपालबाट नक्कली शैक्षिक प्रमाण–पत्र आइ.ए. र एस.एल.सि.को लिएर लण्डन पुगेका अशोक राजा साबले पछि लण्डनबाट उच्च शिक्षा हासिल गरि हिमालयन बैंकमा सिइओ पड्काएका थिए । आज उनी सिइओ भएको १२ वर्ष पुग्न लागेको छ ।
बैंकमा चोरी काण्ड देखि राष्ट्र बैंकले विपन्न वर्ग कर्जा काण्डमा बैंकलाई कारवाही गरेपछि यी राजा साव विरुद्ध सञ्चालक र सेयरधनीहरु नै अख्तियारमा पुगी उनको शैक्षिक प्रमाण–पत्र छानवीन गर्न माग गरी उजुरी दर्ता गरेका थिए । छानवीन पछि अन्तिम कारवाहीको पक्षमा अख्तियार पुगेको अख्तियार स्रोतको दावी छ ।
हिमालयन बैंक पाकिस्तानी लगानीकर्ता र नेपाली व्यापारीहरुको लगानीमा स्थापना भएको बैंक हो । सिआवी स्रोत भन्दछः हिमालयन बैंकमा नेपालमा (कालोधन), आतंककारीहरुको पैसा आउने गरेको छ । हामी छानवीनको अन्तिम चरणमा छौं ।
पटक/पटक नेपाली जनताको करोडौं रकम बैंक कर्मचारीबाटै चोरी हुँदा र दर्जनौ कर्जा लगानी साँवा, व्याज नउठे पछि बैंक व्यवस्थापन र बोर्डको अक्षमता देखिदै आएको हिमालयन बैंकमा नेवार र राणाको झगडा अझै रोकिएको छैन ।
एउटाले अर्कोलाई सिध्याउने खेलमा बैंकका मेनेजर कपिल लोहनी निलम्बनमा परेका छन् । भने बैंकमा राणा शासनको चर्को तानशाही चल्ने गरेको एक उच्च कर्मचारीले बताए । हिमालयन बैंकको भित्री कथाबारे हाम्रो खोजजारी छ ।’
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: