प्राइम बैंकबाट निकालेको एक लाखको बिटोमा १० रुपैयाँको नोट !, ग्राहकलाइ ९९० रुपैयाँ घाटा !

  • अर्थ सरोकार सम्बाददाता
प्राइम बैंकको न्यूरोड साखाबाट निकालेको पैसाको बिटोमा १० रुपैयाँको नोट भेटिएको छ । हजार- हजारका नोट गरी एक लाख रुपैयाँ भनेर दिईएको बिटोमा बीचमा १० रुपैयाँको नोट भेटिएको हो । बैंकले दिने नोटहरुमा नोट अपुग हुने समाचार यसअघि पनि आएको थियो । तर यसपाली भने कम मूल्यका नोटहरु फेला परेको छ ।

यद्यपी यसरी रकम अपुग भएको भन्ने गुनासो लिएर बैंक पुगेका ग्राहकलाई बैंकले निराश बनाइदिएको छ । बैंकको स्टिकर टाँसीएको र नेपाल टेलिकमको छाप लगाइएको नोट भएपनि आफुले यसको जिम्मेवारी नलिने भन्दै बैंक पन्छिएको थियो ।   
प्रकाशित : Friday, January 06, 2017
,

recent

Popular Posts