×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शालीनदीमा देखिएका यी ४ दृश्य, जुन पचाउनै गाह्रो भो…

  • रेखा ग्वायमरु / अर्थ सरोकार डटकम

काठमाडौँ – श्री स्वस्थानी ब्रतकथा । बर्षौंदेखि हामीले सुन्दै आएको एउटा कथा । कथाभित्रका कतिपय पात्र र घटनासँग अहिलेको पीढीको केहि असहमति हुनु नौलो कुरा होइन । प्रविधिको युगका युवा युवतीले स्वस्थानीको पौराणिक कथालाई आ-आफ्नै तरिकाले व्याख्या गर्नु पनि नौलो कुरा होइन । तर २१ औं शताब्दीको यो युगमा अझैपनि शालीनदीमा देखिने केहि दृश्यहरुले शिक्षित भनिएको समाजलाई अझै गिज्याईरहेको जस्तो लाग्छ ।  


१. माथि कोहि नुहाईरहेछन्, तल कोहि त्यहि जल खाइरहेछन् 
शालीनदीमा नुहाउने बाँध बनाइएको छ । त्यहाँ विहानैदेखि भक्तजनहरु नुहाईरहेका हुन्छन् । नुहाउनु भनेको शरिरको फोहोर पखाल्नु पक्कै हो । तर त्यहि पानी तल केहि भक्तजनहरु जल मानेर खाइरहेका छन् । के यो स्वास्थ्यका लागि हानीकारक कुरा होइन र ?

२. माइकिङ गरेर भक्तजनलाइ थर्काउँदै पूजारी 

पूजारी आफैंमा एउटा गर्विलो पेशा हो । भगवानमाथि आस्था राख्ने जो कोहिले पनि स्वस्थानीको पूजा गराउने गुरुलाई आदर गर्छन् । तर बिहिबार हामी शालीनदी पुग्दा त्यहाँका पूजारीले माइकिङनै गरेर भक्तजनहरुलाई यसो गर्नुस् वा नगर्नुस भन्ने ठाडो भाषामा थर्काईरहेका थिए । त्यहाँ पुग्ने केटाकेटीले यसबाट के सिक्लान् ? गुरुको भाषा त्यति ठाडो हुन्छ र ? आस्था बोकेर शालीनदी परिसर पुगेकाहरुले गुरुले भनेको मान्दैनन् होला र ?

३. ‘पुरोहित’ लाइ व्यवसायीको ‘बिल्ला’
शालीनदी परिसरमा बसेका पुरोहितले गलामा ‘व्यवसायी परिचयपत्र’ भनेर कार्ड झुन्ड्याएका छन् । के यो ठिक भयो र ? हिन्दु परम्परामा पुरोहितको खुब मान गरिन्छ । यिनीहरुलाई व्यवसायी भन्न मिल्यो र ? ;पुरोहित परिचयपत्र’ भनेर दिएको भए के बिग्रन्थ्यो र ? टिका लगाउन गएकाहरुले उनीहरुको गलामा झुन्डिएको ‘व्यवसायी परिचयपत्र’ लेखिएको कार्ड देखेर के बुझ्ने ?
४. समितिकै आडमा यति महँगो मेनु :
समितिकै आडमा शालीनदी परिसरमा राखिएका पसलहरुमा महँगो मेनु देखिन्छ ।  मन्दिर परिसरभन्दा बाहिर १५ रुपैयाँ सम्ममा पाइने एउटा समोसाको मूल्य धार्मिकस्थलमा  ४० हुनु जायज भयो र ? एउटा रोटीको ४० रुपैयाँ, एउटा जेरीको ३० रुपैया, दुध हालेको चियाको ३० रुपैयाँ जायज हो र ? अरु त अरु, एउटा सेलरोटीको मूल्य  ४० रुपैयाँ हुनु जायज हो र ? यो त धर्मका नाममा महँगो व्यापार भएन र ?


यी दृश्यले जस्तो अर्थ राखेपनि आम नागरिकलाइ भने पक्कै अपाच्य हुनुपर्छ । आजको युगमा धर्मका नाममा आफ्नो पतिको खुट्टाको पानी खाना छोडिएको सन्दर्भमा अरुले नुहाएको पानी खानु स्वास्थ्य र धार्मिक हिसावले पक्कै राम्रो होइन । पुरोहित व्यवसायी त हुँदै होइनन् । यति महँगो मेनु धार्मिक स्थलमा राखिनु राम्रो कुरा पनि पक्कै होइन ।  र माइकिङ गरेर भक्तजन तह लगाउन खोज्नु पक्कै शोभनीय काम होइन । बिहिबार शालीनदीमा जे देखें, यी ४ दृश्य, मलाइ चाहिं पचेन ! तपाईंलाइ नि ?

अर्थ सरोकार @ शालीनदीका यी सामाग्री छुटे कि ?
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: