×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एक्यानको आयोजनामा फुट्सलमा रमाउंदै सिएहरु, हेर्नुहोस् कसले जिते कसले हारे पहिलो दिनको म्याच

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – नेपाल चार्टड एकाउन्टेन्ट्स संघ (एक्यान) ले फुट्सल प्रतियोगिताको आयोजना गरेको छ । कमलादीस्थित युनिग्लोब कलेजको फुट्सल मैदानमा शुक्रबारदेखि उक्त प्रतियोगिताको आयोजना गरेको हो । कार्यक्रममा विभिन्न सिए फर्म र कर्पोरेट हाउसहरुको सहभागिता रहेको एक्यानका कोषाध्यक्ष सिए दुर्गा प्रसाद ज्ञवालीले बताए ।
‘एक्यानका विभिन्न कार्यक्रम अन्तर्गत हामीले फुट्सल कार्यक्रमको आयोजना गरेका छौँ । कार्यक्रममा विभिन्न सिए फर्महरुको उत्साहजनक सहभागीता छ । ‘ ज्ञवालीले भने । उनका अनुसार शुक्रबार, शनिबार र आइतबार उक्त प्रतियोगिता आयोजना हुनेछ ।
शुक्रबार भएको खेलमा पहिलो समूह अन्तर्गत सिए युनाइटेड र सुबोध एण्ड एसोसीएट्स विजयी भएका छन् भने    दोश्रो समूह अन्तर्गत जीपी राजबाहक एण्ड कम्पनी बिजयी भएका छन् । यस्तै समूह ‘सी’ अन्तर्गत पीवाईसी एण्ड एसोसीएट्स   र जीएनजी र जीबीआरएचको संयुक्त टोली बिजयी भएको छ ।
आज विजयीहरुको बीचको दोश्रो चरणका खेलहरु सम्पन्न हुनेछन् भने आइक्यान र एक्यान लगायतका मैत्रीपूर्ण खेलहरु सम्पन्न हुनेछन् ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: