×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रोकिएन ‘ज्यानमारा’ मारुती सिमेन्टको रबैया, उद्योगमा कर्मचारीमाथि चरम शोषण, बिजुली चोरी गर्न लगाउँछन् हाकिम !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – मारुती सिमेन्ट उद्योगका कर्मचारीमाथि चरम सोषण हुने गरेको पाइएको छ । सिमेन्ट उद्योगमा काम गर्ने कर्मचारीलाई हाकिमले राम्रो व्यवहार नगर्ने, नियमभन्दा बढी काम पलाउने, काम अनुसारको तलव- भत्ता नदिने गरेको कर्मचारीहरुले गुनासो पोखेका छन् । पैसा र पावरका भरमा आफुहरुले पाएको दुखबारे कसैले पनि समाचार नलेखेको र कसैलाई यस्तो जानकारी गराए जे पनि हुनसक्ने भन्दै हाकिमले थर्काएको भन्दै आफ्नो नाम उल्लेख नगर्ने सर्तमा सिमेन्ट उद्योगका केहि कर्मचारीहरुले गुनासो पोखेका छन् ।
‘हामीमाथि चरम श्रम सोषण हुने गरेको छ । ज्यान जोखिममा राखेर काम गर्नुपर्छ तर काम अनुसारको पैसा आउंदैन । काममा राखिएका उपल्लो तहका कर्मचारीहरुले तल्लो तहका कर्मचारीहरुलाई निकै नराम्रो व्यवहार गर्छन् । लात्तीले हान्ने, फोहोर शब्द प्रयोग गरी गाली गर्ने, र आमा बहिनीको नाममा मनपरी बोल्ने गरेका छन् हाकिमले । उद्योगका अन्य कर्मचारीहरुले पनि मनपरी गर्ने गरेका छन् । समयमा पैसा त दिंदैनन् नै अरु मानसिक त शारीरिक तनाव पनि दिने गरेका छन् ।’ उद्योगका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।

(उनीसंगको कुराकानीको अडियो रेकर्ड अर्थ सरोकार डटकमसँग सुरक्षित छ । सुरक्षा संवेदनशीलतालाइ ध्यानमा राख्दै हामीले उक्त अडियो रेकर्ड यहाँ प्रस्तुत गरेका छैनौँ) 

बिजुली चोरी गर्न लगाउँछन् हाकिम 

देश लोडसेडीङ मुक्त हुने अभियानमा छ । तर मारुती सिमेन्ट उद्योगमा भने कर्मचारीलाई बिजुली चोर्न लगाइने गरिएको छ । यसअघि पनि बिजुली चोरेको भन्दै उद्योगमाथि कारवाही प्रक्रिया अगाडी बढेको थियो । ‘परेको जरिवाना तिरौंला, तर बिजुली चोर्ने नै हो’ भन्दै हाकिम नै आएर बिजुली चोर्न लगाउने गरेका छन् । यसले गर्दा एकातर्फ गैर कानुनी काममा कर्मचारीहरुलाई लगाउने गरिएको छ भने अर्कोतर्फ बिजुली चोर्दा हुने सुरक्षा चुनौती र ज्यानमाथि तलमाथि हुन सक्ने चुनौती पनि कामदार आफैंले भोग्नुपर्छ ।’ उनले भने ।

महिलामाथि हुन्छ दुर्व्यवहार, बोल्न सक्ने कोहि छैनन् 
उनका अनुसार सिमेन्ट उद्योगभित्र महिलामाथि दुर्व्यवहार समेत हुने गरेको छ । ‘ठुला तहका कर्मचारी आएर महिलामाथि जथावाभी बोल्ने, संवेदनशील अंगमा छुने लगायतका हर्कतहरु हुने गरेका छन् । कतिपय ठुला तहका कर्मचारीहरुले त लोभ लालचमा पारेर बलात्कार गर्ने गरेको समेत सुनिएको छ । तर आफ्नै आँखाले चाहिं देखेको छैन । तर महिलामाथि दुरव्यवहार भएको, संवेदनशील अंगमा छोएको लगायतका क्रियाकलापचाहिं मेरै आँखाले देखेको हो ।’ उनले भने ।

कसैलाई भने मारिदिने धम्की !
यता यस्ता घटनाबारे कसैलाई भने मारिदिने धम्की समेत कर्मचारीहरुलाई आउने गरेको छ । ‘कसैलाई भन्यो भने मारिदिन्छु समेत भनेका छन् । हाम्रा बहिनी / चेलीहरु उद्योगमा सुरक्षित छैनन् । मनलाग्दी बढेको छ ।’ उनले भने। त्यस्तो गर्ने को हो ? तिनको नाम भन्नुहोस न भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘समाचार आएपछि यो आफैं अनुसन्धान हुन्छ भन्ने सुनेको छु । त्यसैको आसमा छु । त्यसो भएन भने यहाँको जागिर छोड्छु र तपाईंलाइ थप जानकारी गराउछु ।’ उनले भने ।

यो पनि पढ्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: