×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जलविद्युतको लगानी सम्बन्धि एक दिने नि: शुल्क कार्यशाला सप्पन्न

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ –  थ्री एस ईनभेस्टमेन्टको आयोजनामा एकदिने नि:शुल्क कार्यशाला सम्पन्न गरिएको छ । थ्री एस इन्भेष्टमेन्टको मुख्य आयोजना तथा धीतोपत्र डटकमको प्राविधिक सहयोगमा भक्तपुरको लगानी छलफल घरमा सम्पन्न भएको उक्त कार्यक्रममा ४६ जना लगानीकर्ता सहभागी थिए ।
कार्यक्रमको सुरुवातमा कृष्ण गिरीले साताभरका सेयर बजारका प्रमुख गतिविधिबारे चर्चा गरेका थिए भने कार्यक्रमको दोश्रो वक्ताको रुपमा सिएफए हेमन्त बस्यालले बजार १८८८ बाट घट्नुको कारणबारे प्रकाश पारेका थिए । उनले सेयर बजारको भविष्यका बारेमासमेत आफ्नो विचार व्यक्त गरेका थिए । 
कार्यक्रममा अधिवक्ता ज्योति दाहालले जलविद्युतमा लगानी बारेमा प्रकाश पारेका थिए । लगानीकर्ताले सोधेका विभिन्न प्रश्नहरुको उत्तर दिंदै उनले जलविद्युत क्षेत्रमा लगानीको अवसर र चुनौतीबारे प्रकाश पारेका थिए । कार्यक्रमको अर्को अध्यायमा लगानीकर्ता  केशव कोईरालाले जलविद्युतका सेयरबारे मन्तव्य राखेका थिए भने कार्यक्रमको अन्त्यमा अशोक सिटौलाले जलविद्युत क्षेत्रकै बारेमा लगानीकर्ताका विभिन्न प्रश्नहरुलाई सम्बोधन गरेका थिए । 
कार्यक्रमका सहभागीमध्ये गोलाप्रथाबाट दुइ जनालाई उपहार समेत प्रदान गरिएको थियो । थ्री एस इन्भेष्टमेन्टले विभिन्न सेमिनारहरु आयोजना गर्दै आएको छ । यसैबीच संस्थाले प्राविधिक विश्लेषण तालिम चैत्र ६ बाट सरुवात  गर्ने बताएको छ । 
धन्यवाद
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: