×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मोर्चाले चुनावको १० दिनअघिबाट आम हड्ताल गर्ने

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ –  सरकारलाई दिएको समर्थन फिर्ता लिएको मधेसी मोर्चाले फेरि मधेसमा आन्दोलन सुरु गर्ने भएको छ । धर्ना, चक्काजाम देखि आमहडेतालसम्मका कार्यक्रम मोर्चाले तय गरेको छ । हिजो कार्यदलले तय गरेका आन्दोलनको कार्यक्रम आज सार्वजनिक गरिदैछ । मोर्चा सचिवालयले तयार पाएको आन्दोलनका कार्यक्रमलाई अन्तिम रुप दिन मोर्चाका शीर्ष नेताको बैठक राजधानीमा आज दिउँसो एक बजे बोलाइएको छ ।
हिजो बसेको मोर्चाको सचिवालय बैठकले चैत ३ देखी ११ गते सम्म प्रचारात्मक कार्यक्रम गर्ने, १२ देखी ३० गते सम्म एक दिन बिराएर निर्वाचन कार्यालय घेराउ लगायतका सडक संघर्षका कार्यक्रम र बैशाखको पहिलो साताबाट अनिश्चितकालिन आमहडताल लगायतका आन्दोलनका कार्यक्रम गर्ने गरी खाका तयार गरेको छ । आज हिउाँसो विजुली बजारमा बैठक गरेर मोर्चाले फिर्ताको घोषणा गर्ने तयारी गरेको छ । मोर्चाले समर्थन फिर्तासँगै आन्दोलनका कार्यक्रममा पनि छलफल गर्नेछ ।
संशोधन प्रस्ताव पारित गर्न र स्थानीय निकायको निर्वाचन घोषणा फिर्ता लिन सरकारलाई दिएको एक साताको अल्टिमेटम गएराति सकिएको छ । सरकारलाई दिएको समर्थनको संसदलाई औपचारिक पत्र पठाउने नपठाउने विषयमा भने निर्णय हुन सकेको छैन ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: