×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माओवादीको निर्वाचन योजनाः पूर्वलडाकु र वाइसियललाई म्यादी प्रहरी बनाएर निर्वाचनमा परिचालन

काठमाडौं – प्रमुख सत्तारुढ दल नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनमा म्यादी प्रहरी बनाएर पूर्व लडाकुहरुलाई परिचालन गर्ने योजना बनाएको छ । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि ७५ हजार म्यादी प्रहरीको आवेदन खुल्ला गरेको थियो । त्यसमा पूर्व लडाकु र वाइसियलले आदेन दिएको माओवादी निकट स्रोतले बताएको छ ।
‘निर्वाचन परिचालन अन्र्तगन बनेको योजना हो’ माओवादी केन्द्रका एक नेताले भने ‘उनीहरुलाई सकेसम्म आफ्नै जिल्ला र नसके पूर्व कार्यरत स्थानमा जान निर्देशन  दिइएको छ ।’
माओवादी केन्द्रका नेता तथा उर्जामन्त्री जनार्दन शर्मा, बर्षमान पुन र वाइसियलका अध्यक्ष विवेकले पूर्व लडाकुलाई म्यादी प्रहरी बनाएर निर्वाचनमा परिचालन गर्ने योजना बनाएका हुन् । उनीहरुको योजना अनुसार धेरै बाइसियल र पूर्वलडाकुले आवेदन दिएका छन् । आवदेन दिएका करिव २ सय वाइसियल र पूर्वलडाकुको राजधानीमा गोप्य भेला समेत गरिएको स्रोतले बताएको छ ।
स्थानीय निर्वाचनलाई लक्षित गरी गृहमन्त्रालयले २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । दुई लाख २६ हजारमा ७५ हजार म्यादी प्रहरी रहनेछन् । प्रहरी प्रधान कार्यालयले चैत ११ सम्म आवेदन लिएको थियो । म्यादी प्रहरीका लागि एक हप्ताको म्याद दिएपनि दुई दिनको समयमा ६२ हजार पुरुष र १० हजार महिलाले आवेदन दिएको प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बताए ।
वाइसियल र पूर्व लडाकुलाई माओवादीले म्यादी प्रहरीकारुपमा परिचालन गरेको थाहा पाएपछि एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले मंगलबार निर्वाचन आयोगको ध्यानाआर्कषण गराएका थिए । माओवादीले निर्वाचनलाई प्रभावित गर्न लडाकु र वाइसियल म्याद प्रहरी मार्फत परिचालन गरेको ठहर एमालेले गरेको छ ।
– एस काठमाडौं 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: