×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एसियनको २०% बोनसपछि एक हजार ८३ रुपैयाँमा भयो मूल्य समायोजन

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं –  नेपाल स्टक एक्सचेन्जले बिहीबार एसियन लाइफ इन्सुरेन्स कम्पनीको मूल्य समायोजन गरेको छ । एसियनको २०% बोनस सेयरपछि प्रतिकित्ता एक हजार ८३ रुपैयाँमा भाउ समायोजन भएको हो । बोनस समायोजनपछि बिहीबार एसियनको पहिलो कारोबार एक हजार ८३ रुपैयाँमा हुनेछ ।
 एसियनको औसत आधार मूल्य भने ८७३ रुपैयाँ छ । एसियनले साधारण सभा गर्न बिहीबारदेखि चैत १७ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गरेको छ । चैत १७ गते हुने सधारण सभामा कम्पनीले २०५ बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
यसैगरी, बोनस सेयरपछि कायम हुने पुँजीमा २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि एसियनले साधारण सभामा लैजानेछ । एसियन लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा दुई करोड आठ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
 कम्पनीको चुक्ता पुँजी ६७ करोड १३ लाख २७ हजार रुपैयाँ छ भने रिजर्भ कोषमा २९ करोड २० लाख आठ हजार रुपैयाँ छ । एसियनको जीवन बिमा कोषको आकार आठ अर्ब ८६ करोड ५७ लाख ५६ हजार रुपैयाँको छ । कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ २१ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ५० पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: