×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एटिएमबाट पैसा चोर्ने क्रम रोकिएन, पोखरामा दुई विदेशी नागरिक पक्राउ

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ  –  जिल्ला प्रहरी कार्यालय, कास्कीले एटिएमबाट पैसा चोरेको अभियोगमा दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।पोखराको लेकसाइडस्थित हिमालयन बैंक र नविल बैंकको एटिएम मेसिनबाट पैसा निकाल्दै गरेको दृश्य सिसी क्यामराबाट देखेपछि प्रहरीले बुल्गेरियाली नागरिकद्वय रामन डिभोभ र मार्टिन रिस्टोरलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खड्गबहादुर खत्रीका अनुसार उनीहरुबाट तीन थान ल्यापटप र मोबाइल बरामद गरि अनुसन्धान सुरु भएको छ । यस अघि काठमाडौँका बिभिन्न एटिएम मेसिनबाट बिदेशीले पैसा चोरी गरेको प्रहरी अनुसन्धानले देखाएको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: