×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

फेरियो बैंक अफ काठमाण्डू लुम्बिनीको नाम

बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडले आफ्नो नाम परिवर्तन गरेको छ । बैंकको विहीबार सम्पन्न २२ औँ वार्षिक साधारणसभाले बैंकको नाम बैंक अफ काठमाण्डू राख्ने निर्णय गरेको हो । लुम्बिनी बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मिलेर बैंक अफ काठमाण्डू लुम्बिनी बनेको थियो । 
सोही साधारणसभाले संस्थापकको तर्फबाट थप नयाँ सेयर (एफपिओ) निष्काशन गर्ने निर्णय समेत गरेको बताइएको छ । बैंकले संस्थापक र साधारण सेयरको अनुपात ५१ः४९ कायम गर्न ६२ लाख आठ हजार एक सय ३२ कित्ता एफपिओ निष्काशन गर्ने निर्णय गरेको हो । संस्थापकको तर्फबाट एफपिओ जारी गर्न लागिएको यो नेपालमै पहिलो पटक हो । हाल यो बैंकका  संस्थापक र साधारण सेयरको अनुपात ४४ः५६ प्रतिशत रहेको छ । 
उक्त साधारणसभाले गत आर्थिक वर्षको कमाइबाट २३ प्रतिशत अर्थात एक अर्ब पाँच करोड २६ लाख रुपैयाँ बराबरको बोनश सेयर वितरण गर्ने निर्णय पनि पारित गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: