×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

निधिले भारतीय विदेशमन्त्री र गृहमन्त्रीलाई आज भेट्दै

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ – भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले बिहीबार भारतीय विदेशमन्त्री सुषमा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्दैछन् ।  निधिले बिहान ११ बजे सिंह र दिउँसो २ बजे स्वराजसँग भेट गर्न लागेका हुन् । बुधबार गर्ने भनिएको भेट भारतीय संसद् बैठकका कारण हुन सकेको थिएन । 
भेटमा निधिले कञ्चनपुर घटना र स्थानीय चुनावका विषयमा केन्द्रित रहेर छलफल गर्ने स्रोतले जनाएको छ । यसअघि बुधबार निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभलसँग भटेर कञ्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बलको गोलीबाट गोविन्द गौतम मारिएको घटनामा गल्ती स्वीकार गर्न आग्रह गरेका थिए । गृहमन्त्री निधि भोलि स्वदेश फर्कनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: