×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चौधरी ग्रुपका कर्मचारीहरु प्रधानमन्त्रीको शरणमा

काठमाण्डौ – चौधरी ग्रुपअन्तर्गत रहेको सीजी टेलिकममा काम गर्ने कर्मचारीहरुले तलब सुविधा नपाएको भन्दै प्रधानमन्त्री कार्यालयसँग समस्या समाधानको माग गरेका छन् । लामो समयदेखि दूरसञ्चार प्राधिकरणसँग समस्या समाधानका लागि आग्रह गर्दा कुनै सुनुवाइ नभएको भन्दै श्रमिकहरुले प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् । 
गत वर्षदेखि श्रमिकहरुले तलब नपाएको भन्दै आवाज उठाउँदै आएका थिए । उनीहरुले कम्पनीसँग तलब सुविधा माग गर्दा नपाएपछि, सूचना तथा सञ्चार मन्त्रालयलाई उक्त समस्याका बारेका जानकारी गराएका थिए । मन्त्रालयले सीजी कम्युनिकेसन प्रालिको मजदुर समस्याको छानबिन गरी आवश्यक पहल गर्न भनी दिएको आदेशको नेपाल दूरसञ्चार प्राधिकरणले अटेरी गरेपछि श्रम मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई जानकारी गराउन बाध्य भएको पीडित कर्मचारीहरुले बताएका छन् । 
तलब सुविधा नपाएको भन्दै मजदुरहरुले सूचना तथा सञ्चार मन्त्रालयको सहयोग माग गर्दै निवेदन दिएपछि त्यसको समाधान तत्काल गरिदिन भन्दै मन्त्रालयले गत असोज ४ गते दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको भए पनि अहिलेसम्म कुनै कारबाही प्रक्रिया अघि बढाएको छैन । गत वर्ष  फागुनदेखि तलब सुविधा नदिएको कारण आफ्नो जीविका चलाउन नै मुस्किल परेको भन्दै प्राधिकरणसमक्ष न्याय माग्न पुगेका करिब ७२ जना मजदुरहरुलाई ‘अब अरु नै काम खोज, पहिले काम गरेको पैसा पाउने आशा नगर, यहाँ आएर हल्ला गर्ने होइन’ भनेर थर्काउने समेत गरेको पीडित मजदुरहरुले बताएका छन् ।
फोन तथा इन्टरनेट सेवा प्रदान गर्दै आएको सीजी टेलिकम लामो समय घाटामा रहेर बन्द भयो । टेलिकममा काम गर्ने कर्मचारीलाई कम्पनीले तलब सुविधा दिएको थिएन । एक त उनीहरु रोजगारविहीन भए भने अर्को उनीहरुले काम गरेको समयको पनि तलब सुविधा पाएनन् । उक्त समस्या लिएर श्रमिकहरु प्राधिकरण पुगेका थिए । फोन इन्टरनेट सेवाको अनुगमन गर्ने प्रमुख निकाय रहेको प्राधिकरणले सेवा बन्द भइसक्दासमेत कुनै किसिमको अनुगमन गरेन । श्रमिकको समस्याको बारेमा पनि चासो नदिएको पीडित श्रमिकहरुको भनाइ छ । सीजी कम्युनिकेसनका झण्डै छ हजार ग्राहकहरु समेत ठगिएका छन् । अनुगन तथा नियन्त्रणको अधिकार पाएको संस्था छ हजार नेपाली परिवारको बिचल्ली हुँदा विनाप्रतिक्रिया बस्नुलाई आफैंमा शंकाको रुपले हेर्न सकिने श्रमकिहरुको भनाइ छ । प्राधिकरण सीजी ग्रुपसँग मिलेमतो गर्ने गरेको उनीहरुको आरोप छ ।
 प्राधिकरणबाट समस्याका बारेमा कुनै सुनुवाइ नभए पनि श्रमिकहरुले प्रधानमन्त्री कार्यालय र श्रम मन्त्रालयलाई समस्याको बारेमा जानकारी गराएको हो । पत्र बुझ्दै प्रधानमन्त्री कार्यालय तथा श्रम मन्त्रालयले समस्याबारे चासो व्यक्त गरेका थिए । समस्या समाधानको आश्वासन पाएको श्रमिकहरुले जानकारी दिएका छन् । एसटीएम टेलिकमको नामले सञ्चालन हुँदै आएको कम्पनीलाई चौधरी ग्रुपले कम्पनी किनेको थियो ।
एसटीएम कम्पनी नेपाल प्रवेश गराउन त्यतिबेला दूरसञ्चार प्राधिकरण बोर्ड सदस्य तथा एपोलो गु्रपका प्रमुख रहेका अविनाश पन्तले नै चलखेल गरेका थए । उनले २० प्रतिशत सेयर पाएपछि सबै लाइसेन्सदेखि अरु प्रक्रियाका कामसमेत सहज ढंगबाट गराएका थिए । चौधरी ग्रुपले टेलिकमको लाइसेन्स प्राप्त गर्ने उद्देश्यले मात्रै उक्त कम्पनी खरिद गरेको थियो ।  विगत केही वर्षदेखि घाटामा सञ्चालन भएको उक्त टेलिकमलाई चौधरी गु्रपले बन्द गर्ने निर्णय गरेको थियो । हाल श्रमिक समस्या तथा ग्राहकको समस्यालाई पन्छाउन चौधरी ग्रुपले सुरेशराज घिमिरेलाई टेलिकमको सम्पूर्ण सेयर नामसारी गराएको छ । आर्थिक दैनिकबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: