×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डिप्रोक्स लघुवित्तको शतप्रतिशत हकप्रद बिक्रि खुला

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ –  डिप्रोक्स लघुवित्त विकास बैंक लिमिटेडको शतप्रतिशत हकप्रद आज देखि बिक्रि खुला हुने भएको छ। लघुवित्तले १:१ को अनुपातमा २५ लाख ७९ हजार २ सय ३८ कित्ता हकप्रद निष्काशन गरेको हो ।  
हकप्रद निष्काशनको लागि फागुन २ बुक क्लोज मिति तय भएको छ । अर्थात् फागुन १ गते सम्म कायम  सेयरधनीले चैत ७ देखि बैशाख १० सम्म  हकप्रद भर्न पाउने छन् । 
फागुन १ सम्म कायम इच्छुक सेयरधनीहरुले लघुवित्तको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेष्मेन्ट बैंकिङ लिमिटेड सेन्ट्रल प्लाजा, नारायणचौर नक्साल र डिप्रोक्सका सम्पूर्ण कार्यालयबाट आवेदन फारम प्राप्त गरि बुझाउन पाउनेछन । इक्रा नेपालले डिप्रोक्सको हकप्रदलाई ४ं को रेटिंग प्रदान गरेको छ । 
लघुवित्तले गत आर्थिक बर्षको कमाईको ३५ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद वितरणपछि बैंकको चुक्ता पुंजी ६० करोड ६० लाख पुग्ने छ । हाल बैंकको चुक्ता पुंजी २५ करोड ७९ लाख रहेको छ । लघुवित्तले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा १४ करोड ७० लाख २० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: