×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

फिर्स्ट माइक्रोफाइनान्सले पायो हकप्रद निष्काशनको अनुमति

नेपाल धितोपत्र बोर्डले फिर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्ने अनुमति दिएको छ । बैंकले विहीबार (चैत्र १७ गते) ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । 
फिर्स्ट माइक्रोफाइनान्सले एक सय रुपैयाँ अंकित मूल्यमा १३ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको १३ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद निष्काशनका लागि बैंकले ग्लोबल आईएमई क्यापिटल लिमिटेडले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । 
हाल फिर्स्ट माइक्रोफाइनान्सको चुक्तापुँजी २६ करोड ४५ लाख एक सय रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद सेयर जारी गरेपछि माइक्रोफाइनान्सको चुक्तापुँजी ३९ करोड ६७ लाख ५० हजार रुपैयाँ पुग्नेछ । 
फिर्स्ट माइक्रोफाइनान्स थोक कर्जा प्रवाह गर्ने घ वर्गको बैंक हो । राष्ट्र बैंकको निर्देशनअनुसार, यस माइक्रोफाइनान्सले ०७५ हजार मसान्तसम्ममा ६० करोड रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: