×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ग्लोबलको १५.७६ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं  – ग्लोबल आइएमई बैंकको १५.७६ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । लगानीकर्ताले बैंकको १५.७६ प्रतिशत बोनस सुरक्षित गर्न आइतबारसम्म सेयर खरिद गरिसकेको हुनुपर्छ । किनभने साधारण सभा गर्न बैंकले सोमबार भोली देखि चैत २१ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्दैछ ।
 ग्लोबल आइएमईको १० औं बार्षिक साधारण सभा चैत २१ गते हुदैछ । त्यस्तै, सभामा बैंकले अन्य बैंक वित्तीय संस्थासँग गाभ्न गाभिनका लागि सबै अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ ।
सभामा बैंकले सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल लिमिटेडको २०७२/७३ को नाफा नोक्सान सहितको एकीकृत वित्तीय विवरण पनि स्वीकृत गर्नेछ । हाल ग्लोबलको चुक्ता पुँजी सात अर्ब १५ करोड पाँच लाख ५० हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ग्लोबलले ९० करोड ६२ लाख नौ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ३५ पैसा रहेको ग्लोबलको प्रतिसेयर नेटवर्थ भने १३४ रुपैयाँ ४२ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: