×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गोर्खाज फाइनान्सलाई हकप्रद निष्काशनको अनुमति

नेपाल धितोपत्र बोर्डले गोर्खाज फाइनान्सलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । बोर्डले फाइनान्सलाई २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो  ।  
फाइनान्सले अब २८ करोड ९३ लाख बराबरको २८ लाख ९३ हजार ३ सय १३ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो  । हकप्रद निष्काशनको लागि एनआईबिल क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ  । 
फाइनान्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा १० करोड ७० लाख खुद नाफा गरेको थियो  । हकप्रद निष्काशनपछि फाइनान्सको चुक्ता पुंजी अहिले कायम रहेको ५७ करोड ८६ लाखबाट बढेर ८६ करोड २० लाख पुग्ने छ । गोर्खा डेभलपमेन्ट बैंक र गोर्खाज फाइनान्स मर्ज भई चैत्र २८ बाट २०७२ बाट ‘गोर्खाज फाइनान्स लिमिटेड’को नामबाट एकीकृत कारोबार भईरहेको छ  । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: