×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हाम्रो विकास बैंकलाई २ सय प्रतिशत हकप्रद निष्काशनको अनुमति

धितो पत्र बोर्डले हाम्रो विकास बैंकलाई हकप्रद निष्काशनको अनुमति दिएको छ  । बोर्डले बैंकलाई १:२ को अनुपातमा अर्थात् २ सय प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति दिएको हो ।
बैंकले अब ३० करोड ५८ लाख बराबरको ३० लाख ५८ हजार ३ सय ३९ कित्ता हकप्रद निष्काशन गर्ने छ । हकप्रद निष्काशनको लागि एनआईबिएल क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक तोकिएको छ ।
बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमास सम्ममा ९२ लाख १६ हजार खुद नाफा कमाएको थियो । हाल बैंकको चुक्ता पुंजी १५ करोड २९ लाख रहेकोमा हकप्रद निष्काशनपछि चुक्ता पुंजी ४५ करोड ८८ लाख पुग्ने छ । 
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार १ जिल्ले विकास  बैंकले ७४ असार मसान्तसम्म चुक्ता पुंजी ५० करोड पुर्याउनु पर्ने छ  ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: