×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सकियो आईजीपी प्रकरणको बहस, फैसला भोलि मात्रै

  • अर्थ सरोकार सम्वाददाता 

काठमाण्डौ – हिजोदेखि अन्तिम सुनुवाई सुरु भएको नेपाल प्रहरीको आईजीपी विवाद सम्बन्धी फैसला आज पनि हुनसकेन । सर्वौच्च अदालतको फुल बेन्चले यो मुद्धामा बहस सकेपनि समय अभावका कारण फैसला मंगलवारमात्र सुनाइने बताइएको छ । आजको बहसमा प्रधानन्यायाधीश सुशीला कार्कीलगायतको टोली सहभागि रहेको थियो ।
बहसको सुरुमा पहिला सरकारी वकिलले बहस गरेपछि डिआईजी नवराज सिलवाल र रिट निवेदक कपिलदेवका तर्फका विपक्षी वकिलले प्रतिउत्तर दिएका थिए ।
गत फागनु १ गते डिआइजी जयबहादुर चन्दलाई आइजीपी नियुक्त गर्ने निर्णय गरेपछि अर्का डिआइजी नवराज सिलवालले आफु बरिष्ठ भएको भन्दै रिट दिएका थिए भने वकिल कपिलदेवले पनि रिट दिएका थिए ।
यसैवीच चन्द र सिलवालका व्याजका प्रकास अर्यालले पनि आज अर्को रिट हालेका छन् । सिलवालले आफु कार्यसम्पादन मुल्यांकनमा सिलवाल र चन्द भन्दा अघि रहेको रिटमा दावी गरेका छन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: