×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खुमबहादुरले राखेको हिन्दु राष्ट्रको प्रस्ताव देउवाद्धारा अस्वीकार, केन्द्रीय समितिमा छलफल नहुँने

काठमाडौं – नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काले लिखितरुपमा राखेको हिन्दु राष्टको प्रस्ताव नेपाली कांग्रेसको केन्द्रीय समितिमा छलफल नहुँने भएको छ । स्थानीय निर्वाचनलाई लक्षित गरी बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सभापाति शेरबहादुर देउवाले हिन्दु राष्ट्रको प्रस्ताव नै प्रस्तुत गरेनन् । नेता खड्काले सभापति देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलसँग हिन्दु राष्ट्रको प्रस्ताव छलफलमा लैजान आग्रह गरेका थिए । जवाफमा सभापति देउवाले बेमौसमको बाचा भन्दै खड्काको प्रस्ताव अस्वीकार गरेको स्रोतले बताएको छ ।
बैठक सुरु भएकै दिन नेता खड्काले हिन्दु राष्टका बिषयमा छलफल गर्न केन्द्रीय कार्यालयमा प्रस्ताव दर्ता गराएका थिए । उनले हिन्दुराष्टका बिषयमा निर्णय लिन जनमत संग्रहमा जानु पर्ने प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा मन्त्री अर्जुननरसिंह केसी, चित्रलेखा यादव, पुष्पा भूसाल, डा शेखर कोइराला लगाएका नेताहरु सहमत भएपनि देउवा र पौडेल सहमत भएनन् । दुई नेता सहमत नभएपछि खड्काको प्रस्ताव कांग्रेस केन्द्रीय कार्यालयमा अलपत्र परेको छ ।
आइतबारदेखि चलेको कांग्रेस केन्द्रीय समितिको बैठक कार्यसम्पादन समिति गठन, निर्वाचन परिचालन समिति गठन र उम्मेद्धारको मापदण्ड निर्माणमा केन्द्रीत भएको छ । उम्मेद्धारको चयनको बिषयलाई लिएर कांग्रेसभित्र तीन शिर्ष नेताका तीन थरी धारणा आएका छन् । सभापति देउवा पक्षधर नगरपालिका र गाउँपालिकाका उम्मेद्धारको छनोट केन्द्रीय समितिबाट गर्नु पर्ने पक्षमा छन् भने वरिष्ठ नेता पौडेल समुह स्थानीय स्तरमै त्यो अधिकार दिने पक्षमा छ । अर्का नेता कृष्णप्रसाद सिटौला समुह उम्मेद्धार छनोटका लागि छुट्टै संयन्त्र बनाउनु पक्षमा छ ।
कांग्रेसभित्र संविधान संशोधनको बिषयलाई लिएर पनि मतभेद सुरु भएको छ । केही केन्द्रीय सदस्यहरु अहिले सरकारले दर्ता गरेको संशोधन प्रस्ताव जस्ताको तस्तै पारित गर्नु पर्ने पक्षमा छ । त्यसको नेतृत्व गृहमन्त्री बिमलेन्द्र निधिले गरेका छन् भने केही नेताहरु संविधान संशोधन प्रस्तावलाई परिमार्जन गरी पारित गर्नु पर्ने पक्षमा छन् । सीमांकनलाई थाति राखि संविधान संशोधन गर्नुपर्ने नेता कृष्णप्रसाद सिटौला पक्षले अडान लिएको छ ।
  • एस काठमाडौं 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: