×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ओलीले भने-अलच्छिन सरकार ! गाडी नपल्टिएको दिनै छैन

  • अर्थ सरोकार सम्बाददाता 
भैरहवा- मेची महाकाली अभियानका क्रममा नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले अहिलेको सरकार ‘अलिच्छिनी’ भएको आरोप लगाएका छन् । आफ्ना कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्ड सरकारकै कारण गाडी दुर्घटना भैरहेको बताएका उनले सरकारको तिब्री आलोचना गरेका थिए । 
‘यो सरकार बनेदेखि नै गाडी दुर्घटना भएको भन्दै ओलीले आमसभामा भने-कस्तो अलच्छिनी सरकार !’ विकास प्रेमी, नेपाली जनताले मन पराएको सरकारलाई हटाएर अर्कैको इशारामा एउटा यस्तो सरकार बनेको छ । यो सरकार बनेदेखि गाडी नपल्टिएको दिन नै छैन । उम्दै उलच्छिनी सरकार !’ तथाकथित मधेसी मोर्चाले केही मानिसलाई उचालेर भिडन्तको स्थिति बनायो ।’भत्ता लिने, गाडी चड्ने अनि संविधान मान्दिन भन्ने । नकचरोको पनि हद हुन्छ नि ?’ उनले अगाडी भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: