×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लक्ष्मी बैंकको शत प्रतिशत हकप्रद प्राप्त गर्ने आज अन्तिम दिन, बैशाख ३ देखि निष्काशन

लक्ष्मी बैंकले बैशाख ३ देखि हकप्रद निष्काशन गर्ने भएको छ ।  बैंकले १:१ को अनुपातमा अर्थात् शत प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो ।  बैंकले १०० सय रुपियाँ अंकित ३ करोड १५ लाख ९० हजार ३ सय ३ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।  लगानीकर्ताले जेष्ठ ७ गते सम्म हकप्रद भर्न सक्ने छन् ।  
 हकप्रदको लागि चैत्र १८ गते बुक क्लोज मिति तय गरिएको छ ।  अर्थात् चैत्र १७ गते सम्म कायम शेयरधनीले हकप्रद प्राप्त गर्न सक्ने छन् ।  हकप्रद निष्काशनको लागि सिद्दार्थ क्यापिटल बिक्रि प्रबन्धक तोकिएको छ ।  
हाल बैंकको चुक्ता पुंजी ३ अर्ब १५ करोड रहेकोमा हकप्रद पश्चात बैंकको चुक्ता पुंजी ६ अर्ब ३१ करोड पुग्ने छ ।  बैंकसंग १० अर्बको अधिकृत चुक्ता पुंजी रहेको छ ।  
इच्छुक लगानीकर्ताले सिद्दार्थ क्यापिटलको कार्यालय नक्साल,  लक्ष्मी क्यापिटल मार्केट्सको कार्यालय तथा लक्ष्मी बैंकको सम्पूर्ण शाखामा आवेदन दिन सक्ने छन् ।  
बैंकले १८.२९ प्रतिशत बोनस पनि प्रस्ताव गरेको छ ।  हकप्रद प्राप्त गंरे सबैले बोनस पाउने बैंकले जनाएको छ ।  हकप्रद र बोनसपछि बैंकको चुक्ता पुंजी ७ अर्ब ४७ करोड पुग्ने छ ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: