×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिसन डेभलपमेन्ट बैंकको साढे १९ लाख कित्ता हकप्रद बिक्री सुरु

  • अर्थ सरोकार सम्वाददाता

काठमाडौँ  – मिसन डेभलपमेन्ट बैंकको हकप्रद शेयर बिहीबार देखि बिक्री सुरु भएको छ । बैंकले साबिक सेयरधनीका लागि शतप्रतिशत हकप्रद निस्कासन गरेको हो । गत २१ फागुनसम्म दोस्रो बजारबाट शेयर खरिद गर्नेले हकप्रद भर्न पाउने बैंकले जनाएको छ ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य रहेको १९ लाख ४९ हजार कित्ता शेयरमा आगामी ६ बैशाख भित्र आवेदन दिन सक्ने निस्कासन तथा बिक्री प्रबन्धक भिवोर क्यापिटलले जनाएको छ ।
कम्पनीको चुक्ता पूँजी हाल साढे १९ करोड रुपैयाँ रहेको छ । बैंकले गत पुस मसान्तसम्म तीन करोड ६६ लाख रुपैयाँ मुनाफा कमाएको छ । हकप्रद बिक्री पछि बैंकको चुक्ता पूँजी करिब ४० करोड रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: