×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मितेरीले जम्मा गर्‍यो हकप्रद र बोनस शेयर हितग्राही खातामा

  • अर्थ सरोकार सम्वाददाता

काठमाडौं – मितेरी डेभलपमेण्ट बैङ्क लिमिटेडले ३० प्रतिशत बोनस शेयर र २ बराबर १ को अनुपातमा हकप्रद शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ । 
कम्पनीको एघारौं साधारण सभाबाट पारित भएको बोनस शेयर र असोज ५ गते जारी गरेको हकप्रद शेयर सूचिकृत भई कम्पनीको बुक क्लोजसम्म अभौतिक भएका शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । साथै सो बाहेकका शेयरधनीहरुको हकमा शेयर प्रमाणपत्र जारी गरिएको हँुदा चैत ६ गतेबाट शेयर प्रमाणपत्र लिन सकिने कम्पनीले सूचना जारी गरेको छ । 
 कम्पनीको अभौतिक शेयर  धितोबन्धक राखी कर्जा लिएका शेयरधनीहरुको बोनस शेयरको हकमा  बुक क्लोजको मितिसम्म कर्जा लिएका हितग्राहीको बोनस शेयर सम्बन्धित संस्थाको नाममा रोक्का गरेको छ । त्यसैगरी, हकप्रद शेयरको हकमा फागुन २२ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको सम्बन्धित संस्थाको स्वीकृति पत्र लिई पेश गरे पश्चात शेयरधनीको खातामा जम्मा गर्ने भएको छ । कम्पनीको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: