×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेको इन्सुरेन्सको हकप्रद सेयर भर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – नेको इन्सुरेन्सको १०० % हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । सोमबार कार्यालय समयपछि यो हकप्रद सेयरमा आवेदन लिने कार्य बन्द हुनेछ । नेकोले फागुन ३ गतेदेखि १ः१ एक बराबर थप एक कित्ता अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको ३२ लाख ४० हजार ४३६।३२ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
हकप्रद सेयर निष्कासनपछि नेकोको चुक्ता पुँजी ६४ करोड ८० लाख ८७ हजार २६४ रुपैयाँ पुग्नेछ । कम्पनीको यो हकप्रद सेयरमा पुस १३ गतेसम्म कायम सेयरधीले मात्र आवेदन दिन सक्ने व्यवस्था छ । हकप्रद सेयरमा एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं, एनएमबि बैंकका शाखा कार्यालयहरु कलंकी काठमाडौं, सूर्यविनायक भक्तपुर, कुमारीपाटी ललितपुर, तीनदोबाटो बनेपाबाट आवेदन दिन सकिनेछ । 
त्यस्तै, एनएमबि बैंकका अन्य शाखाहरु आदर्शनगर वीरगन्ज, मिलनचोक बुटवल, बसपार्करोड धनगढी, भानुचोक जनकपुर, न्यूरोड पोखरा, नारायणगढ चितवन, सुर्खेतरोड नेपालगन्ज, रंगेलीरोड विराटनगर, महेन्द्रपथ धरान र विर्तामोड झापाबाट पनि आवेदन दिन सकिनेछ । 
नेकोको बिक्री प्रबन्धक एनएमबि क्पापिटल लिमिटेड हो । हाल नेकोको चुक्ता पुँजी ३२ करोड ४० लाख ४३ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेकोले सात करोड ३३ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ४५ रुपैयाँ ४६ पैसा बार्षिकीकरण रहेको नेकोको प्रतिसेयर नेटवर्थ भने २१२ रुपैयाँ ४५ रुपैयाँ छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: