×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एसबीआई बैंक ४०% हकप्रद ल्याउन पुग्यो धितोपत्र बोर्ड

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – नेपाल एसबीआई बैंकले ४०५ हकप्रद सेयर निष्कासनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । एसबीआईले एक अर्ब ९९ करोड १९ लाख ४२ हजार ३६० रुपैयाँको एक करोड ९९ लाख १९ हजार ४२३.६० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । १०ः४ अनुपातमा आउने यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्दैछ ।
एसबीआइले असअघि प्रतिसेयर नौ सय ७१ रुपैयाँका दरले प्रिमियममा कुल ६७ हजार सात सय ६७।८७ कित्ता एफपीओ बिक्री गरेको थियो । यो एफपीओ बाँडफाँट भइसकेको छ । एफपीओले समेत पाउने गरी हकप्रद ल्याउन लागिएको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको चुक्ता पुँजी तीन अर्ब ८८ करोड ३७ लाख ३६ हजार रुपैयाँ छ । एसबीआईको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ सात पैसा छ भने प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ २० पैसा छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: