×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दिल्लीमा एजेण्डा नै बन्यो एमालेको मेची महाकाली अभियान

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – इन्डिया फाउन्डेशन र भारतीय गृहमन्त्रालयले आयोजना गरेको आतंकबाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन दिल्ली पुगेका गृहमन्त्री विमलेन्द्र निधिले भारतीय नेताहरुसँग नेपालका आन्तरिक समस्यामा छलफल गरिरहेका छन् । मधेसी मोर्चा, स्थानीय निर्वाचन, संविधान संशोधनदेखि एमालेको मेची महाकाली अभियानसम्म दिल्लीमा एजेण्डा बनेको छ । आतंकबाद प्रतिवादसम्बन्धी सम्मेलनको उद्घाटन कार्यक्रम सकेलगतै गृहमन्त्री निधिले भेटघाटलाई तिव्रता दिएका छन् ।
मंगलबार भारतीय नृेशनल कांग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री मनमोहन सिंह र डिवी त्रिपाठीसँग भेट गरे । भेटमा संविधान संशोधन र निर्वाचका बिषयमा कुरा गरेको निधिले नै स्वीकार गरेका छन् । उहाँहरुले निर्वाचन र संविधान संशोधनमा चासो राख्नु भएको थियो, मैले हाम्रो सरकारबाट भएका प्रयासको जानकारी गराएँ, निधिले भने । मनमोहनसँग छलफल गरेपछि उनी कांग्रेसका अर्का नेता डिवि त्रिपाठीलाई भेट्न पुगेका थिए । मधेसी मोर्चाका मागलाई संविधान संशोधनबाट पुरा गरेर निर्वाचन गराउने पक्षमा आफुहरु रहेको जानकारी दिए । त्रिपाठीले एमालेले सञ्चालन गरेको मेची महाकाली अभियानका बिषयमा पनि जिज्ञासा राखेको स्रोतले बताएको छ ।
विपक्ष नेताहरुसँग मंगलबार भेट गरेका निधिले अवको तीन दिन भारतीय संस्थापन पक्षका नेताहरुसँग भेट्ने योजना बनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्पस्वराज लगाएतका नेताहरुसँग निधिले भेटने योजना बननाएका छन् । भेटमा निधिले निर्वाचनका लागि लजिस्टिक सहयोगसम्म माग्ने भएका छन् । उनले भारतीय संस्थापन पक्षका नेताहरुसँग संविधान संशोधन र निर्वाचनका बिषयमा छलफल गर्ने भएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: