×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मोर्चाका माग चुनावअघि सम्भव छैन : प्रधानमन्त्री प्रचण्ड

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले अब स्थतानिय चुनाव अगाडी सीमांकनका विषयमा टुङ्गो लगाउन नसकिने बताएका छन् । उनले मधेसी मोर्चाले चाहे सीमांकन वाहेक अरु विषयमा संसोधन अब पारित हुने र नभए संविधान विना चुनावमा जाने पार्टीका नेताहरुलाई जानकारी दिए । उनले चुनाव हुन्न कि भनेर कुनै पनि आशंका नपाल्न आग्रह गर्दै अवसरवादीहरुले मात्रै चुनाव हुन्न कि भनेर भ्रम फैलाएको बताए ।
मंगलबार सिंहदरवारमा माओवादी केन्द्र संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चुनाव अब जस्तो सुकै अवस्था आएपनि नरोकिने दावी गरे । ‘घोषणा भइसकेको छ, सिंगो देश यसमा जुटिसकेको छ, प्रधानमन्त्रीले भने, चुनाव सफल पार्न सबैलाई आ–आफ्नो ठाउँवाट जुट्न आग्रह गर्दछु । तोकिएको मितिमा चुनाव पक्का हुन्छ कसैले पनि शंका गर्नु पर्दैन । ’
प्रधानमन्त्री दाहालले मधेश र जनजातिका मुद्धा सम्बोधन गर्न सरकार गम्भीररुपमा लागिरहेको पनि जानकारी दिए । सिमाकंनलाई केन्द्र र प्रदेशको चुनाव अघि टुंगो लगाउने गरी अहिले अन्य बिषयमा संविधान संशोधन गरेर जान पहल भइरहेको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: