×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रुडेन्सियल इन्सुरेन्सको साधारण सभा चैत ८ मा हुने

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – प्रुडेन्सियल इन्सुरेन्स कम्पनीको वार्षिक साधारण सभा चैत ८ मा बस्ने भएको छ । यसअघि फागुन २७ गते तोकिएको साधारण सभा नेपाल बन्दका कारण स्थगित गरिएको थियो । साधारण सभामा प्रुडेन्सियलले लगानीकर्तालाई २०% बोनस सेयर र कर तिर्न १.०५५ नगद लाभांश दिने प्रस्ताव गरेको छ । 
साथै, प्रुडन्सियलले बोनसपछि कायम हुने चुक्ता पुँजीको ३०% हकप्रद जारी गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गर्नेछ । यसैगरी, कम्पनीले संस्थापकको हाल कायम सेयर स्वामित्व ८०% बाट घटाएर ६५% बनाउने र सर्वसाधारण समूहको स्वामित्व हालको २०% बाट बढाएर ३५% पुर्याउने विशेष प्रस्ताव पनि साधारण सभामा लैजाँदै छ । 
साधारण सभा होटल इच्छा लिमिटेड, सिमरा, बारामा बिहान १० बजे सुरु हुनेछ । प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा चार करोड चार लाख १९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो त्रैमासमा पु्रडेन्सियलको चुक्ता पुँजी ३५ करोड ६४ लाख रुपैयाँ छ भने रिजर्भ कोषमा २० करोड ४० लाख ३५ हजार रुपैयाँ छ । यो कम्पनीको बिमा कोषमा २६ करोड ३७ लाख १४ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६८ पैसा र प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ २४ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: