×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रस्तावित ६ राजदूतको संसदीय सुनुवाइ आज हुने

  • अर्थ सरोकार सम्वाददाता

काठमाडौं – संसदीय सुनुवाइ विशेष समितिले मंगलबार पनि विभिन्न देशका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गर्दैछ। सोमबार अष्ट्रेलियाका लागि सिफारिस राजदूत लक्की शेर्पाको सुनुवाइ सकेको समितिले आज ६ राजदूतको सुनुवाइ गर्दैछ ।  विभिन्न देशका लागि सिफारिस १२ राजदूतमध्ये शर्मिला पराजुली (ओमान) र रमेशप्रसाद कोइराला (कतार) माथि चार वटा उजुरी परेको समितिले जनाएको छ । 
यी बाहेक निरञ्जनकुमार थापा (इजरायल), अर्जनु जङ्गबहादुर सिंह (कोरिया), प्रतिभा राणा (जापान),  युवनाथ लम्साल (डेनमार्क) र  चोपलाल भुसाल (बङ्गलादेश) लाई राजदूतमा सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाइएको थियो ।  यस्तै पदम सुन्दास (बहराइन), भीमकृष्ण उदास (म्यानमार), विश्वम्भर प्याकुर्‍याल श्रीलङ्का र महेन्द्रप्रसादसिंह राजपुत साउदी अरेबियालाई राजदूतमा सिफारिस गरी सरकारले संसदीय सुनुवाइका लागि पठाएको थियो ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: