×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निर्वाचन आयोगविरुद्ध राप्रपाले आज प्रदर्शन गर्ने

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौ‌ –  राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगको निर्णयविरुद्ध आज विरोध प्रर्दशन गर्ने भएको छ । पार्टीको विधानबाट ‘राजतन्त्रसहितको प्रजातन्त्र र हिन्दु राष्ट्र’ शब्द हटाउने निर्णय पुनर्विचार गर्न माग गर्दै धर्ना तथा विरोध कार्यक्रम गर्न लागेको राप्रपाले जनाएको छ । 
राप्रपाले अध्यक्ष कमल थापाको नेतृत्वमा आयोगको निर्णय त्रुटिपूर्ण भन्दै निर्वाचन आयोगमै धर्ना दिने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।  दिउँसो साढे १२ बजे रत्नपार्क शान्तिवाटिकाबाट र्याली निकाली कान्तिपथमा रहेको निर्वाचन आयोगको कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेको श्रेष्ठले बताए ।
हिन्दुराज्यको माग गर्दै संसदमा संविधान संशोधन प्रस्ताव समेत दर्ता गरेको राप्रपाले आयोगको निर्णय विरुद्ध आकस्मिक बैठक बोलाएर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । पूर्व राजावादीहरुको पार्टीको नाममा चिनिएको राप्रपाले गत संविधानसभा निर्वाचनमा हिन्दु राज्यको पक्षमा भोट मागेको थियो ।
 निर्वाचन आयोगले संविधानविपरीत राजतन्त्रसहितको प्रजातन्त्र र हिन्दु राज्य पार्टीको विधानमा राख्न नमिल्ने प्रष्ट पारेको छ । यससँगै  राप्रपाले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतसम्म जाने चेतावनी दिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: