×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सगरमाथा फाइनान्सले आजदेखि संस्थापकको हकप्रद शेयर लीलाम विक्री गर्दै

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – सगरमाथा फाइनान्स लिमिटेडको ५ लाख ६६ हजार २ सय ७८ दशमलव ८३ कित्ता हकप्रद शेयर चैत ७ गते आज देखि लीलाम विक्री गरिँदैछ । कम्पनीको शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति चैत १५ गते रहेको छ ।
सगरमाथा फाइनान्स लिमिटेडको हकप्रद शेयर निष्कासनको लागि फागुन २६ गतेदेखि चैत २  गतेसम्म हकप्रद शेयरको विक्री खुला गरी आवेदन माग गरिएकोमा संस्थापक र सर्वसाधारण शेयर बाँडफाँट भई बाँकी रहेको संस्थापक समूहतर्फ ५ लाख ६६ हजार २ सय ७८ दशमलव ८३ कित्ताको लागि शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
शेयरको न्यूनतम मूल्य प्रति शेयर रू. १ सय तोकिएको हुदा सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलकबोल गर्नुपर्ने छ । कम्पनीको शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम सय कित्ता वा सो भन्दा १० ले भाग जाने सम्पूर्ण आवेदन दिन सक्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: