×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सप्तकोशीको चैत १८ देखि ९७ हजार ५२६ कित्ता सेयर लिलामीमा

  • अर्थ सरोकार सम्वाददाता

काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंकले चैत १८ देखि ९७ हजार ५२६ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । सप्तकोशीले संस्थापक समूहको ५६ हजार ७०० कित्ता र सर्वसाधारण समूहतर्फको ४० हजार ८२६ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोेकी निवेदन दिनुपर्नेछ । 
लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद भने चैत २५ सम्म तोकिएको छ । सप्तकोशीले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामीमा बिक्री गर्न लागेको हो । यसअघि सप्तकोशीले पुस २४ गतेदेखि फागुन १ सम्म १० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
आवेदकले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय मेनरोड विराटनगरमा पुग्ने गरी फारम बुभाउनुपर्नेछ । संस्थापक समूहको बोलपत्र चैत २७ गते दिउसो ३ बजे र सर्वसाधारण समूहतर्फको बोलपत्र पनि सोही दिन ४ बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा खोलिनेछ ।
 सप्तकोशीको यो लिलामी सेयरमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड हो । हाल सप्तकोशीको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सप्तकोशीले ९४ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी नौ रुपैयाँ ४७ पैसा रहेको सप्तकोशीको प्रतिसेयर नेटवर्थ भने १२४ रुपैयाँ ७२ पैसा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: